बझाङको सुर्मा गाउँपालिकाको दुई विद्यालयमा विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिदा पनि नयाँ कार्य समिति चयन नगरी पुरानै समितिलाई निरन्तरता दिएको छ । सुर्मा गाउँपालिका शिक्षा शाखा प्रमुख र गाउँपालिकाका अध्यक्षको निर्देशनमा सुर्मा माध्यमिक विद्यालय थकुन्नाडा र धल्देउ माध्यमिक विद्यालय सैनगाँउमा पुरानो कार्य समितिको पदावधि सकिएको दुई बढी भईसक्दा पनि नयाँ समिति गठन गरेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले सामाजिक संजाल मार्फंत बताएका छन् ।
शाखाले २५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बझाङ शाखाले जिल्ला अस्पताल सिमखेतमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरी स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपालको केन्द्रको निर्णय अनुसार जिल्लामा विविध कार्यक्रम गर्ने भन्ने भए अनुसार जिल्ला शाखाले विरामीलाई फलफुल वितरण गरेको प्रेस चौतारी बझाङका सचिव रिदम सिंहले जानकारी दिनुभयो । आईतबार
कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं. १ नौरंगामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो स्वास्थ्य शिविर लालझाडी युवा क्लब ११ नौरंगा र सिपि अस्पताल धनगढी चटकपुरको आयोजनामा भएको थियो । एक दिने निशुल्क स्वास्थ्य शिविर बाट लालझाडी गाउँंपालिकाका करिब ८०० स्थानियले स्वास्थ्य लाभ लिएका थिए । जसमध्ये ४४० जना महिला र ३६०
कैलालीको जोशीपुर गाउँपालिकामा वडा नं ७ बौनिया मा रहेको श्री बिहानी ग्रामीण विधुत सहकारी संस्था लिमिटेड को १४ वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । संस्था का अध्यक्ष टेक बाहादुर बम को सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शुदुरपश्चिम प्रदेश सभा सदस्य मानवीय कैलाश चौधरी रहनु भएको थियो। त्यसै गरी विशिष्ट अतिथिमा जोशिपुर गाउँपालिका अध्यक्ष
नेपाली सेना पश्चिम पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९ औं बार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार साझ आयोजित बार्षिकोत्सबको अबसरमा विभिन्न सैनिक कला कौशल प्रदर्शन गर्नुको साथै देशका विभिन्न भेगका सास्कृतिक प्रस्तुती पनि देखाइएको थियो । सैनिक मुख्यालयका अतिरिक्त देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र एकाइमा समेत स्थापना
✍️तिर्थ रेग्मी रङ्गहरूको संसारअनेक रङ्ग छनकोहीलाई कालो, मनपर्छ कोहीलाई सेतोकोहीलाई अन्य रङ्ग …..!! यसरी जिवन पनि रङ्गीन छ,थरीथरी रङ्गमा भुल्छन् मान्छेम पनि भुल्छु आफ्नै रङ्गमाअनि नियालेर हेर्छु यो संसारपाउँछु आफुभन्दा बेग्लैकेही आफुजस्तै कतै लाग्छ बगैंचाको बीचमा बसेर हेरेजस्तोरङ्गीचङ्गी फुलमाथि,रङ्गीचङ्गी पुतली नाचेजस्तोसुन्दर लाग्छ यो संसारवास्तविकतादेखि परअनेक रङ्गसँग रम्दैरङ्गहरुको हुन्छ आफ्नै वास्तविकताप्रत्येक जिन्दगीको हुन्छ आफ्नै रङ्गरङ्गहरुको हुन्छ
रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै जुम्लामा एक जना युवकले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको भवन अगाडि उनले आत्मदाहको प्रयास गरेका हुन्। कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। ४० वर्षका कार्कीले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी
कैलालीमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद SPA Student council cup मा साइमा इजुकेसन टिम फाइनलमा पुगेको छ । विभिन्न टिम संग प्रतिस्पर्धा गर्दै आज साइमा इजुकेसन टिम फाइनलमा पुगेको हो । खेल आज दिउँसो २:०० वजे Sai Maa Educations र KMC बिछ हुनेछ।
भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ ।