प्रेस चौतारी बझाङद्धारा स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण


शाखाले २५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बझाङ शाखाले जिल्ला अस्पताल सिमखेतमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरी स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपालको केन्द्रको निर्णय अनुसार जिल्लामा विविध कार्यक्रम गर्ने भन्ने भए अनुसार जिल्ला शाखाले विरामीलाई फलफुल वितरण गरेको प्रेस चौतारी बझाङका सचिव रिदम सिंहले जानकारी दिनुभयो । आईतबार विहान साईपाल गाँउपालिकाकी उपाध्यक्ष डोल्मा तामाङको प्रमुख आतिथ्यतामा प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश केसी, अग्रज पत्रकार बसन्तप्रताप सिंह, जिल्ला शाखा अध्यक्ष मकरराज धामी लगायत चौतारीमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साईपाल गाँउपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले पत्रकारहरुले सामाजिक विषय बस्तु र जनजिविकाको सवालमा अझैपनि आवाज उठाउनु पर्ने आवश्यक रहेको बताउनु भयो । पत्रकारहरुले आवाज उठाएकै कारण साईपाल गाँउपालिकाका धेरै सवालमा त्यहाँका जनताले राहात महसुस गरेको बताउदै तामाङले अझै पनि दुरदराजका समस्याको उजागर गर्न आवश्यक रहेको र त्यो काम प्रेस चौतारीले गर्ने छ भन्ने विश्वास रहेको बताउनु भयो । जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गर्दै उपापध्यक्ष तामाङले विरामीहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गर्नुभएको छ ।
प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश केसीले देशमा जुनसुकै परिवर्तन आएपनि पत्रकार तथा सञ्चारकर्मिको दैनिकिमा कुनै परिवर्तन नआएको र सञ्चारकर्मी तथा पत्रकारको सुरक्षाको सवालमा राज्य संवेदनशील नभएको बताउनु भयो । पछिल्लो पुस्ताको पत्रकारिको अवस्था बारे चिन्ता व्यक्त गर्दै केसीले पत्रकारहरुले न्युनतम पत्रकारिताको आचार सहिंता पालना नगरेकोले आम स्रोता दर्शक तथा पाठकको पत्रकारहरु प्रति हेर्ने दृष्किोण फरक रहेको बताउनु भयो ।

फलफुल वितरणका क्रममा अग्रज पत्रकार बसन्त प्रताप सिंहले पत्रकार तथा सञ्चारकर्मि जनताको नजिक हुनुपर्ने र उनीहरुका दैनिक जन जिविकाका सवालमा कलम चलाउनु पर्ने धारणा राख्नु भयो । अहिले जिल्लामा सबै भन्दा बढी प्रेस चौतारीका क्रियासिल पत्रकार रहेको स्मरण गराउदै सिंहले आम जनमानसका सवाल र सामाजिक रुपपान्तरणका लागी अझै चौतारीको टिम सक्रिय हुनुपर्ने बताउनु भयो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240