अस्पताल स्थापनाको ८२ वर्षपछि सेतीमा प्रादेशिक अस्पतालमा CT-SCAN

सेती प्रादेशिक अस्पतालमा सीटीस्क्यान उपकरणको उद्घाटन गरिएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सीटीस्क्यान उपकरणको उद्घाटन गरेका हुन्। सुदूरपश्चिमको सबैभन्दा ठुलो अस्पतालमा स्थापनाको ८२ वर्षपछि सीटीस्क्यान सेवा सञ्चालनमा ल्याइएको हो। सेती प्रादेशिक अस्पताल,कैलाली अस्पतालका रुपमा १९९७ सालदेखि सुरु भएको थियो।

आइतवार बिहान सीटीस्क्यान उपकरणको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले आफ्नो पालामा प्रदेशको स्वास्थ्य क्षेत्रमा धेरै काम भएको बताएका छन्। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल लगायतका जिल्ला अस्पतालहरुमा उपकरण र जनशक्तिको व्यवस्थापन पाँच वर्षमा प्रदेश सरकारले गरेको उनको दाबी छ। उपकरणसँग जनशक्ति पनि आवस्यक हुने भएकाले थप गरिएका उनले बताए।

सेतीमा सीटीस्क्यान सेवाको उपलब्धताले यो क्षेत्रका बासिन्दालाई उपचारमा सहज हुने विश्वास मुख्यमन्त्री भट्टको छ। उनले नागरिकलाई सहज, सर्वसुलभ तरिकाले सेवा प्रदान गर्न अस्पताल प्रशा
प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा सीटी स्क्यानका लागि नौ करोड रुपियाँ बजेट विनियोजन गरेको सेती अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले बताए। उनका अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा ६ करोड ८७ लाख रुपियाँमा सीटीस्क्यान मसिन खरिद भएको उनले बताए। अस्पतालले बचत भएको रकम एमआरआई मेसिन खरिदमा खर्च गर्ने छ।

सीटीस्क्यान सेवा थपिनु प्रदेशवासीका लागि खुसीको कुरा रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। तर उपकरणसँगै जनशक्ति अभावमा केही समयपछि बन्द हुने गरेकाले त्यसतर्फ सजग रहन अस्पताललाई उनले आग्रह गरे।

अस्पताल सञ्चालक समितिका अध्यक्ष निर्मल शाहले अस्पतालमा सीटी स्क्यान सेवा सञ्चालनले यो प्रदेशका जनता सीटी स्क्यान गराउनकै लागि काठमाडौं, नेपालगञ्ज, भारत जानु पर्ने बाध्यताको अन्त्य भएको बताएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240