Author: राकेश खड्का

रास्वपाले निलम्बन गर्‍यो बझाङका जिल्ला संयोजक

राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । खड्कालाई निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । ‘पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङ्का सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ, महामन्त्री ढकालले भने,‘अनुशासन समितिले थप अनुसन्धान गर्दैछ ।’ जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको

साउन १० गते कैलालीको चिसापानी अन्तर्गत महेन्द्र राजमार्ग बन्द गर्ने घोषणा

२०८० साल जेठ १६ गते कंचनपुर घर भएका महेश नेपाली नाम गरेका एक ब्यक्ति महेन्द्रनगर बाट दाङ जादै गर्दा चिसापानी मा उक्त ब्यक्ति ले केही अनौठो ब्यवहार गरेपछी चिसापानी का स्थानीय बासी एक जना बृद्ध राम बहादुर खड्का र रमेश कडेल ले उक्त ब्यक्ति लाई निन्त्रण मा लिइ मानवीय धर्म निर्बाह गर्न खोज्दै नजिकै को

स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा– पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो 

नेपाल आयल निगमले आजै रातिबाट लागु हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । पत्रकार सम्मेलन गर्दै डिजेलमा २ प्रतिशत र २.५ प्रतिशत नाफा लिने गरी अब स्वचालित मूल्यमा जाने निर्णय गरिएको जानकारी दिइएको छ । नेपाल आयल निगमको यो निर्णयले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ कम हुनेछ भने पेट्रोलमा ६, डिजेल र

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए

रोकियो ५० अर्ब भुक्तानी, अर्थ मन्त्रालय माथि रकमान्तरको दबाब

चालु आर्थिक वर्ष २०७९/८० सकिन करिब २० दिन बाँकी रहँदा सरकारले काम भइसकेका आयोजनाहरुमा करिब करिब आधा खर्बको भुक्तानी गर्न सकेको छैन । यसअघि स्रोत सुनिश्चितता दिए पनि पर्याप्त बजेट विनियोजन नभएका शीर्षकमा बढी खर्च भएपछि यस्तो दायित्व भुक्तानीमा मन्त्रालयहरुले सकस भोगिरहेका छन् । विगत अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्का प्रणालीका लागि स्रोत सुनिश्चितताको पत्र लिएर

पुनर्वास नगरपालिकाको तेह्रौँ अधिवेशन : आगामी आर्थिक वर्षको बजेट रु. ७७ करोड, ८१ लाख

कञ्चनपुरको पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ७७ करोड, ८१ लाख, ६४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको सभाध्यक्षतामा शुक्रबार आयोजित नगर सभा तथा तेह्रौँ अधिवेशनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको हो । पुनर्वास नगरपालिकाले कृषि, शिक्षा,

उपचारका लागि सिंगापुर पुगे सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि मंगलबार मध्यराति पूर्व प्रधानमन्त्री देउवा सिंगापुर पुगेका हुन् । श्रीमती आरजु राणा भने दिल्लीबाट सोमबार नै सिंगापुर पुगेकी हुन् । देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखा परेपछि उनी तीन वर्षअघि पनि

बजेटले गठबन्धनमै खैलाबैला

सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित गरेको’ भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । एकीकृत समाजवादीका सांसदले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई संयुक्त रूपमा भेटेर बजेट संशोधन नगरे समर्थन गर्न नसकिने जनाएका हुन् । जसपाले पनि प्रधानमन्त्री दाहाललाई भेटी बजेट संशोधनको माग

ललितपुर महानगरका सबै मुख्य सडकमा एक वर्षभित्र स्मार्ट लाइट

ललितपुर महानगरपालिकाले आगामी एक वर्षभित्र सबै मुख्य सडकमा स्मार्ट लाइट राख्ने तयारी गरेको छ । २०८१ असार भित्र मुख्य चोकहरुमा १२ वटा ‘हाइमास्ट लाइट’ र सडकहरूमा ‘स्मार्ट स्ट्रिट लाइट’ राखिसक्ने महानगरले जनाएको हो । महानगरपालिकाले स्मार्ट लाइट जडानको कार्यक्रम आर्थिक वर्ष २०७८/७९ को बजेटमै राखेको थियो । तर, सो आवमा जडान भने हुन सकेन ।

समाजवादी प्रेस संगठन कैलाली को बिस्तारित बैठक सम्पन्न

सुदुरपस्चिम को समाजवादी प्रेस संगठन कैलाली का अध्यक्ष लक्ष्मी प्रसाद जैशी को अध्यक्षता , नेकपा एकीकृत समाजवादी पार्टी का जिल्ला अध्यक्ष बिमल कुमार जोशी को प्रमुख अतिथि र समाजदी प्रेस संगठन का प्रदेश महासचिव अनिल शाही को बिशिस्ट अतिथ्यतामा बिस्तारित बैठक बसेको छ । उक्त बैठकमा जिल्लाको पुरानो कार्यसमितिमा रिक्त रहेका पदहरुमा नया सदस्यहरू थप
Facebook700
Follow by Email20
Twitter240