स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा– पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो
नेपाल आयल निगमले आजै रातिबाट लागु हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । पत्रकार सम्मेलन गर्दै डिजेलमा २ प्रतिशत र २.५ प्रतिशत नाफा लिने गरी अब स्वचालित मूल्यमा जाने निर्णय गरिएको जानकारी दिइएको छ ।

नेपाल आयल निगमको यो निर्णयले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ कम हुनेछ भने पेट्रोलमा ६, डिजेल र मट्टीतेलमा ४–४ रुपैयाँ घट्नेछ ।
पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । यो मूल्य आजै राति १२ बजेबाट लागु हुनेछ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम हुनेछ भने डिजेलको मूल्य १४६ रुपैयाँ कायम हुने छ । आजसम्म पेट्रोलको मूल्य १७० रुपैयाँ छ भने डिजेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ रहेको छ ।

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
