समग्र विकास निर्माण देखि युवा र बृद्धबृद्धाका साहारा बन्दै अध्यक्ष्य ओली, स्थानिय भन्छन फेरी पनि जिताउँछौ ओलीलाई
जनताले निर्वाचित गराएका जनप्रतिनिधीले जनता अपेक्षित कामहरू गरेनन् भन्न र सुन्न पाइन्छ। हो यसै सन्दर्भमा एउटा यस्तो वडा छ, त्यस क्षेत्रका जनता भन्छन हामीले रोजेको र खोजेको जनप्रतिनिधी यस्तै हो, हामी फेरी पनि जिताउने छौँ, यो हो कैलालीको लम्कीचुहा नगरपालिका वडा नं 02, यस वडाका वडा अध्यक्ष हुन् सन्तोष कुमार ओली।

कुनै पालिका र कुनै वडाले नगरेको काम उहाँ अध्यक्ष ओलीले गाउँ गाउँमा अटो पुर्याएर बुढा आमा बुवालाई बैंकमा घन्टौं लाईन नलगाएर वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन्। अहिले अध्यक्ष ओली बृद्धबृद्धाका साहरा बन्दै आएका छन्। अध्यक्ष ओलीले वडामा स्वास्थ्य शिविर समेत सञ्चालन गरेर आफ्नो क्षेत्रका जनतालाई सेवा दिएका छन्।

उहाँले यस क्षेत्रको प्रमुख समस्यामा रहेको कुलतमा फसेका युवाहरुको लागी विभिन्न संघ संस्था सँग समन्वय गरेर काम गरिरहनु भएको बताएका छन्। अध्यक्ष ओलीले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आफ्ना प्रमुख एजेण्डा रहेका र साथै आफुले काम पनि गरेको र आगामी दिनमा यस्ता कामहरूमा निरन्तरता दिने र आफु सधैँ जनताको साथमा रहेको बताए।

मैले यस क्षेत्रमा रहेका विद्यार्थीकाे लागी खेलकूद सामग्री, खेलाडीकाे लागी समेत प्रोत्साहन स्वरूप खेलकुद सामग्री वितरण गरेको बताएका छन्।

भरत रिमाल कामना टेलिभिजन तथा कामना टेलिभिजनबाट सञ्चालित अन्लाईन पत्रीकाको कैलाली लम्की, मोहन्याल, जानकी, टिकापुर, क्षेत्रको संवाददाता हुनुहुन्छ । उहाँ समाजका अन्याय, अत्याचार तथा बेथितिका विरुद्ध कलम चलाउनु हुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८४१४१२०७७
