धनगढीमा मोटरसाइकल चोरि भाग्ने क्रममा दुर्घटना हुँदा एक युवक गम्भीर घाइते

धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक युवक गम्भीर घाइते भएका छन्। उपमहानगरपालिका-२ हुलाकी रोडमा भन्सारबाट हुलाकी सडकखण्डतर्फ जाँदै गरेको से ५ प ९०७७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी अन्दाजी २२ वर्षीय युवक गम्भीर घाइते भएका हुन्।

उनको परिचय भने खुलेको छैन। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पातालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार बिहीबार (हिजो) राति धनगढी-२ का सियाराम मण्डलको घरमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाइकल चोरी भएको थियो।

शुक्रबार बिहान प्रहरीमा चोरीबारे खबर गरिएको थियो। त्यसपछि खोजतलास सुरु गरेको प्रहरीले आज सो मोटरसाइकल दुर्घटना भएको अवस्थामा फेला पारेको हो। मोटरसाइकल आफै अनियन्त्रित भई रोडको साइडमा रहेको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

(दिनेश खबरबाट)

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240