सिट छैन भन्दाभन्दै पनि यात्रु चढेपछी जिप दुर्घटना, ब्रेक नलागेर दुर्घटना भएको चालकको भनाइ
बझाङमा कार्तिक २ गते जिप दुर्घटना भयो । जिपमा २२ जना भन्दा बढी यात्रु थिए । ७ जनाको घटनास्थलमै जयान गयो भने एक जनाको उपचारका लागि बाहिरी जिल्ला लिँदै गर्दा बाटोमै ज्यान गयो ।
सदरमुकाम चैनपुर पारिपट्टि डुङ्री भन्ने स्थानबाट मष्टाका लागि छुटेको सो जिपमा सदरमुकाममा लाग्ने शिलदेवी मेला हेर्न गएका स्थानीयहरु थिए ।
“जिप प्याक भइसक्यो,अब मान्छे नचढौँ भन्दा पनि स्थानीयहरु ठेलमठेल गरि चढिहाले, ओर्ल भन्दा मानेनन्” घाइते चालक तथा जिप धनी राजेश रोकायाले बताए ।
उनले थपे – मान्छेको संख्या जिपको क्षमताभन्दा बढि थियो, पहाडको बाटो, उसैमाथी बर्खाको बाटो एकदमै अप्ठ्यारो थियो, धेरै कोसिस गर्दा पनि गाडिको ब्रेकले धान्न नसकेपछि ब्रेक फेल भएर गाडी दुर्घटना हुन पुग्यो ।
भएको सबै सम्पत्ति बेचेर जिप किनेको र जिप किनेको केही महिना नहुँदै ठूलो क्षति बेहोर्नुपरेको राजेश रोकाया बताउँछन् ।
आफ्नो आर्थिक स्थिति कमजोर भएको र घर परिवार चलाउने आयस्रोत जिप बाहेक अरु नभएको बताउने रोकाया अहिले सम्पुर्ण बझाङ वासी लाई घाइतेहरुको उपचार गर्नको लागि आर्थिक सहयोगको लागि अपिल गरिरहेका छन् ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
