घरेलु हिंसाबाट प्रभावित महिलालाई दलित सहयोग समाजद्वारा खाद्यान्न सामाग्री वितरण
दलित सहयोग समाज बझाङद्वारा घरेलु हिंसाबाट प्रभावित महिलालाइ सामान्य घरायसी खाद्यान्न लगायतको सामान वितरण गरेको छ ।
बझाङको बुंगल नगरपालिका वार्ड नम्बर ११ धारघर भएकी ३२ वर्षिया गिता बोहरा लाइ खाद्यान्न लगायतको सामाग्री वितरण गरिएको हो ।

दलित सहयोग समाज बझाङको समान व्यवहार परियोजना अन्तर्गत रहेर मंगलवार धारघरमा दाल, चामल, तेल, साबुन, नुन आदि करिब छ हजार बराबरको सामाग्री वितरण गरेको हो ।
वार्ड नम्बर ११ का वडाध्यक्ष लोकराज जोशि , दलित सहयोग समाज बझाङका अध्यक्ष मोहनलाल बिक, कार्यक्रम संयोजक भिम रसाइली, सामाजिक परिचालक दिपक नेपाली, पत्रकार तथा अन्य स्थानियको रोहबरमा सो सामान प्रदान गरिएको थियो ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
