बझाङको खप्तडछान्ना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

खप्तडछान्ना गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ । आज शुक्रबार एक औपचारिक कार्यक्रमका साथ गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा जिल्लामै दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको हो
खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय बझाङका जनस्वास्थ्य निरिक्षक दिपक ऐडी, गाउँपालिका उपाध्यक्ष विष्णु थापा, सम्पुर्ण वडाका वडाध्यक्षहरु, स्वास्थ्यकर्मिहरु,पालिकाका कर्मचारी लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो । पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख लबराज भट्राईले जानकारी दिनुभयो । स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक महिना खोपको सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रिया अनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको बताइएको छ । गाउँपालिकामा ० देखि १५ महिना सम्मका २२६ र १६ देखि ५९ महिना सम्मका ६३९ बालबालिका गरेर कुल ८ सय ६५ बालबालिकाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ । पालिकाभित्र एउटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र ६ वटा स्वास्थ्य चौकी रहेका छन् ।

कल्पना उपाध्याय यस कामना टेलिभिजन तथा कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ संवाददाता हुनुहुन्छ । उहाँ पत्रकारिता क्षेत्रबाट समाजमा हुने अन्याय, अत्याचार, बेथिति तथा अन्य थुप्रै विषयमा कलम चलाउनुहुन्छ ।
