बझाङमा मुक्त हलिया समुदायको समस्या र सवालमा अन्तक्रीया कार्यक्रम सम्पन्न
मुक्त हलिया समुदायको समस्या र सवालमा स्थानीय सरकारका जनप्रतिनिधि संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहयोगी संस्था अन्तरास्ट्रिय श्रम संगठन नेपाल राष्ट्रिय मुक्त हलिया समाज धनगढी कैलाली र आयोजक बझाङ्ग जिल्ला मुक्त हलिया समाजले हलिया समुदायको वास्तविक समस्या र स्वसमस्या समाधानका लागि स्थानीय सरकारले गर्नु पर्ने भुमिका सहितको एक प्रतिबेदन प्रस्तुत गर्दै महासंघका केन्द्रीय सदस्य मंगल सार्की आगामी बजेटमा हलिया समुदायको बिकासका लागि योजना तर्जुमा मार्फत बजेट बिनियोजन सहितको स्लाईट प्रस्तुत गरेका हुन ।

जिल्लामा करिब दुई हजार आठ सय अठ्ठचालिस घरधुरी हलिया संख्या रहेको बझाङ्गमा पुर्नस्थापना कार्यक्रमले खासै प्रभाव पर्न नसकेकाले घर आँगनकै स्थानीय सरकारको ध्यान केन्द्रित हुनु पर्ने प्रतिबेदनले देखाएको छ । शिक्षा,स्वास्थ्थ,कृषि लगाएतका क्षेत्रमा हलिया समुदाय पहुँच बिस्तार हुन नसकेकाले यस क्षेत्र वाट पनि हलिया समुदाय लाई सहयोगको अपेक्षा राखेको छ ।
हलिया समुदायको समस्या समाधान र उहाँहरुको बिकासका लागि जयपृथ्वी नगरपालिकाले दलित बिकास समिति गठन गर्न कार्य विधि पास गरि सकेकोले संघ, प्रदेशको निर्वाचन सकिए लगतै समिति लाई पूर्णता दिएर काम अगाडि बढाउने कार्यक्रमका बिशिष्ठ अथिति तथा जयपृथ्वी नगरपालिका बझाङका मेयर चेतराज बजालले बताए ।
हलिया समुदाय सबै भन्दा बढी दलित समुदायकै मान्छेको संख्या रहेकाले उहाँहरुको समस्या समाधान गर्न दलित बिकास समितिको अबधारण ल्याएको र यसै मार्फत नगर भित्रका हलियाको दिगो बिकास र उत्पादनशिल र व्यावसायकरण गर्न तर्फ लगाउने मेयर बजालले बताए ।
बिगतको जस्तो तरिकाले हलियाको मुक्तिका लागि नारा मात्र नभएर साचै मुक्ति दिलाउने सोचका साथ बिकास योजनामा लाग्ने अवस्थाको सिर्जना गराउन सबै पालिका संगको समन्वय गरि हलियाको मुक्तिमा जोड दिने कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति बझाङ्गका प्रमुख नर बहादुर बोहरा बताए । राज्यको नीति र नम्स बिपरित कार्य गरि हलियाका नाममा बलियाले रजाई गर्ने परिपाटीको अन्त्य गराउने तरिकाले सबै पालिकाहरु लाई लाग्न आग्रह समेत गरेका छ ।
बाह्र वटै पालिकाको तथ्थाङ्क प्रस्तुत गर्दै हलियाका नाममा कुनै पनि निकाय वा व्यक्ति लाई भ्रष्टाचार गर्न नदिन जिल्ला महासंघ सदैव कटिबद्व भएर लाग्ने भन्दै हाम्रो घर आँगनको सरकार स्थानीय सरकार भएकोले हलियाका वास्तविक समस्या माथी सहयोग गरि दिन कार्यक्रमका अध्यक्ष चक्र बहादुर सार्किले बताए ।
मुक्त हलिया समाज बझाङ्गका अध्यक्ष चक्र बहादुर सार्कीको अध्यक्षता र जिल्ला समन्वय समिति बझाङ्गका संयोजक नर ब बोहराको प्रमुख आथित्यतामा संचालित कार्यक्रमको विशिष्ट अथिति जयपृथ्वी नगरपालिका बझाङ्गका मेयर चेतराज बजाल अथिति उपप्रमुख रतन बहादुर सिंह , जिसस टोप बहादुर खडका, जयपृथ्वी नगरपालिका नगरकार्यापालिका सदस्य सरस्वती जोशी, मष्टा गाउकार्यापालिका सदस्य , कृषि ज्ञान केन्द्र प्रतिनिधि, शिक्षा समन्वय ईकाई प्रतिनिध , घरेलु तथा साना उधोग कार्यालय प्रतिनिधि सामाजिक बिकास कार्यालय प्रतिनिधि पत्रकार अन्य समाजसेवी बुद्विजिबीहरु सहित २५ जनाको उपस्थिति रहेको कार्यक्रमको संचालन जिल्ला हलिया मुक्ति समाज बझाङ्गका सचिव सुनिल कुमार दमाईले गर्नु भएको थियो ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
