बझाङको केदारस्युँमा जलवायु मैत्री कृषक पाठशाला सञ्चालन
उत्तम कुमार थापा
जिल्लाकाे केदारस्यु गाउँपालीकामा जलवायु मैत्री कृषक पाठशाला सञ्चालन भएको छ ।
बझाङ जिल्लाकाे केदारस्युगाउँपालीकामा दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेश्नल नेपालको साझेदारि र कृषि ज्ञान केन्द्र बझांग र केदास्यु गाउपालिकाको सहकार्यमा केदारस्यु गाउँपालीका – ३ यहिँ ११ महिना ४ गतेका दिन तीन ओटा जलवायु मैत्री कृषक पाठशाला सञ्चालनमा आएका छन् ।

जलावायु परिवर्तनले गर्दा कृषि क्षेत्रमा हुने असरहरुलाई कम गर्न र आधुनिक खेति पद्धति बाट व्यावासायिक आलु खेति प्रवर्दन गर्ने उदेश्यले आलु बालीमा ३ ओटा जलवायु मैत्री कृषक पाठशाला संचालनज गर्न लागिएको, परियोजना का संयोजक कुबेन्द्र रोकायाले बताउनु भयो । जलवायु मैत्री कृषक पाठशाला आलुको वाली अवधि भर संचालन गरिने छ ।

त्यसै गरि किशान को बिधि र आधुनिक बिधि बीचको भिन्नता कृषक माझ प्रस्ट पार्नका लागि यो एउटा अनुसन्धान गर्ने माध्यम समेत रहेको प्रसशिक पुस्कर रावलले बताउनु भयो कृषि ज्ञान केन्द्रले समेत प्राबिधिक तथा आवश्यक सामग्रीको सहयोग गरेको यस पाठशालामा केदार्स्युं गापाले पनि प्राबिधिक सहयोग गर्ने गाउँपालीका अध्यक्ष गणेश बोहोराले बताउनु भयो ।


उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
