बुंगलका वडा अध्यक्ष कसुवा बोहरद्वारा मतपेटिका जलाउने धम्की

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदै गर्दा बुंगल नगरपालिकामा एक व्यक्तिले मतपेटिका जलाउने धम्की दिएका छन् । बुंगल नगरपालिका वार्ड नं. १ का गठबन्धनबाट निर्वाचित वडाध्यक्ष कसुवा बोहराद्वारा मतपेटिका जलाउने धम्की दिइएको हो ।

वडाध्यक्ष बोहराले मतपेटिका जलाउने धम्की मात्र नभई आफ्ना चार भाइ छोरा र अन्य आफ्ना दलका व्यक्तिलाई समेत परिचालनगरि निर्वाचन अधिकृतमाथी समेत हातपात गर्न लगाए तर उच्च सुरक्षाकर्मीको दायरमा हुनाले ठूलो घटना भने घट्न पाएन ।

जनताको बहुमत पाएर निर्वाचित भएका वडाध्यक्ष आफै निर्वाचन आचारसंहिता उल्लंघन गरेर मदिरा सेवन गरि बिहानै मतदान केन्द्र पुगेका त्यहाँका स्थानियले बताए । स्थानियले वडाध्यक्ष बोहरालाई कार्वाहीको माग पनि गरेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240