आमा र छोरी दुइटै अपांग, भगवानको भरमा बाँचेको परिवार


बझाङ जिल्लाकाे सुङ्गालामा आमा छाेरी दुवै अपांग छन ।

छविस पाथिभरा गाउँपालीकाकाे वडा नम्बर १ सुङ्गाला गाउँमा एकै घरका आमा छाेरी अपांग भएको छन । एकै घरमा आमा छाेरी गरि दुवै जना बस्छन । घरमा अरु काेहि छैन,६५ बर्षिया नन्नमती गिरी आमाले आँखा देख्नु हुन्न र कान सुन्नु हुन्न । साथै २६ बर्षिया छाेरी भगवती गिरीका दुवै खुट्टा लगडा छन भने दुवै हात अपांग भएको छन । बुढी आमाले आफ्नाे दुखलाई सम्हालेर पनि ती अपांग छाेरीलाई दिशा पिशाप गराउन जानू पर्ने बाध्यता छ ।

हामी सँग कुरा गर्दै बुढी आमाले भन्नू भयाे, हामीलाई खानलाई छैन । गर्न सक्दैनाै सरकारले भत्ता दिएको छ । त्यसै बाट काम चलाउदै आएका छाै । अहिले अपांग छाेरीकाे भत्ता नआएकाे पाँच पटक भैईसक्याे किन राेक्केकाे हाेला हामीलाई बैकमा खाता खाेल्न लगाएकाे हाे । निकै दुख पायौं अहिले भत्ता नपाउदा दुखित भएको छाै । सहारा दिने छाेराहरु छैनन बुढा पहिलै बित्नु भएको हुन ।

झुराई झुराई बाच्नु भन्दा भगवान्ले हामी जस्तो गरिवलाई छिटो मारिदिए खुसि हुने थियाै भन्दै दुखेसाे पाेख्नु भयाे । आज एक कार्यक्रमका बिच वया नम्बर एकका अध्यक्ष करनजङ्ग सिँहले ब्याक्तिगत केही सानाे अर्थिक सहयाेग गर्नु भएको हुन भने उनिहरुलाई चिसाेमा तातो बल्याङकेट पनि सहयाेग गर्नुभएको थियाे । स्थानीय सरकारले सेवा दिएको बताउदै आफ्नाे भत्ता घरमै पुर्याईदिए निकै खुसि हुने उहाको भनाइ छ । यस्ता जिल्लामा धेरै अपांग गरिव विपन्न परिवारहरु रहेका छन । वडाले गरेको कार्यलाई उहाले बधाई दिनु भयाे । आमा छाेरीकाे याे अवस्था देख्दा सबैका आखामा आँसु रसाएका थिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240