सुदूरपश्चिमकै पवित्र स्थल “सुर्मा ताल” संरक्षणको अभावमा

विज्ञापन

नेपाल प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । प्राकृतिक रूपमा नेपालमा धेरै महत्वपूर्ण स्थानहरू रहेका छन् । हिमाली क्षेत्र, पहाडी क्षेत्र र तपाई क्षेत्रमा प्राकृतिक रूपमा धेरै सम्पदाहरू रहेका छन् ।
सबै क्षेत्रलाई पर्यटन समेट्न सक्ने हो भने वार्षिक लाखौं पर्यटक भित्र्याएर अर्बौं विदेशी मुद्रा सजिलै आर्जन गर्न सकिन्छ । अहिले पनि नेपालमा केही हिमाली क्षेत्र र चितवन र पोखराबाहेक क्षेत्रलाई प्रर्वद्धन गर्न सकेका छैनौ ।
नेपालको पर्यटनमा धेरै सम्भावना बोकेको क्षेत्रमध्ये एक हो सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङमा रहेको सुर्मा ताल । नेपालमा अहिलेसम्म पनि यति ताल छन् भन्ने अध्ययन हुन सकेको छैन् । सुर्मा ताललाई पर्यटनसँग जोड्ने हो भने संरक्षण र विकास पनि हुने दाबी सरोकारवाला तथा स्थानीयहरू बताउँछन् ।
बझाङ जिल्लाको सुर्मा गाउँपालिकामा पर्ने नेपालका प्रमुख धामहरु मध्यको एक सुर्मा सरोवर धाम जुन अहिले बिकास र प्रचारप्रसारको कमिले ओझेलमा छ । नेपाल प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो । प्राकृतिक रुपमा नेपालमा धेरै महत्वपूर्ण स्थानहरु रहेका छन् । हिमाली क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्रमा प्राकृतिकरुपमा धेरै सम्पदाहरु रहेका छन् । सवै क्षेत्रलाई पर्यटन समेट्न सक्ने हो भने बार्षिक लाखौ पर्यटक भित्र्याएर अर्बौ विदेशी मुद्रा सजिलै आर्जन गर्न सकिन्छ । नेपालको पर्यटनमा धेरै सम्भावना बोकेको सुर्मा सरोवर क्षेत्र पनि एक हो ।
यद्यपि धार्मिक तथा पर्यटकिय आस्था बोकेका ताललाई पर्यटन संग जोड्ने हो भने तालको संरक्षण र विकास पनि हुने दावी स्थानीय सरोकारवालाले गरेका छन् । त्यस मध्ये नेपालमा सौन्दर्यले भरिपूर्ण तालहरु मध्य सुर्मा ताल पनि फरक पहिचान बोकेको छ । प्रचारप्रसार नभएरै बझाङगका कतिपय पर्यटकिय सम्भावना बोकेका क्षेत्रहरू लोप भईसकेका र बाकी लोप हुने अवस्थामा छन् ।
नेपालको दोर्सो उच्च स्थानमा रहेको ताल हो सुर्मा सरोवर ताल । समुन्द्री सतह भन्दा ४३५०मिटर को उचाईमा रहेको यो ताल बझाङग जिल्लामा अवस्थित सुर्मा गाउँपालिकामा पर्दछ । यो ताल हिमालको फेदमा अवस्थीत छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240