बझाङ मष्टा गाउँपालिका वार्ड नं १ को वडा भवनको शिलान्यास

बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नम्बर –१ को वडा भवनको शिलान्यास गरिएको छ । आइतबार मष्टागाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहरा र वडाध्यक्ष रामचन्द्र रोकायाको संयुक्त रुपमा भवनको शिलान्यास गरेसँगै भवन निमार्णको काम सुरु भएको हो ।

भवन शिलान्यास गर्दै अध्यक्ष बोहराले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न निर्माण निर्देशन दिए । शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष बोहराले भवन निर्माण गर्दा म्याद थप नगर्ने गरि तोकिएकै मितिमा भवन सम्पन्न गर्ने गरी लाग्न सबैपक्षलाई आग्रह गरेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240