बझाङमा भिरबाट लडेर घाईते गुरुङको हेलिकप्टरमार्फत उद्धार

बझाङमा भिरबाट लडेर घाइते भएकि एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला साइपाल गाउँपालिका ३ कि वडा सदस्य अन्दाजि ४६ वर्षीया डिकि गुरुङ भिरबाट लडेर घाइते भएकि थिईन् ।

घाइते गुरुङको साइपाल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि आज दिउँसो हेलिकप्टरमार्फत थप उपचारका लागि नेपागञ्ज लगिएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय बझाङको पहल र साइपाल गाउँपालिकाको अथक प्रयासमा तत्काल सो कार्य गरिएको साइपाल गाउँपालिका अध्यक्ष मान बहादुर बोहरा ले जनाउनु भएको छ । सो खर्च भने पुर्ण रुपमा गाउँपालिकाले ब्यहोर्ने अध्यक्ष बोहराले कामना टुडे लाई जानकारी दिनुभयो ।

( स्रोत – बझाङका लागि संवाददाता उत्तम कुमार थापा र साइपाल गाउँपालिका अध्यक्ष बाट संकलन )

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240