एकाएक देखिए श्रमदानमा गाउँपालिका अध्यक्ष: हिमशिखर
आज आफुले फेसबुकमा श्रम दान गरेको फोटो सेयर गर्दै यस्तो भनेका छन्।

“म बनाउछु मेरो मोहन्याल” मुल नाराका साथ श्रमदान महांअभियान आब २०८०/०८१ को नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ आउनेछ। यो अभियान देखाउनका लागि मात्र हैन मोहन्याल बनाउने उद्देश्यका साथ एउटा अभियान सुरु हुनेछ।

म बाट सुरु गरेर यो अभियानको सुरुवात मात्र गरेको हो। यो अभियान हप्ताको १ दिन अनिबार्य सबै जनप्रतिनिले श्रमदान गर्ने गरि र सबै आम जनसमुदायलाई स्व:स्फुर्त श्रममा जोड्ने र मोहन्यालको बिकास हामी आफै गर्न सक्छौ भन्ने सन्देश सबैलाई दिने उद्देश्य रहेको छ सबैको साथ हुनेमा म पुर्ण बिस्वस्थ छु। म पनि प्रत्येक हप्ता सम्भब भए सम्म विभिन्न वडामा श्रमदानमा जानेछु। अब फेसबुकमा एक अर्काको कुरा मात्र काट्ने हैन सबै श्रमदान अभियान मा जुटौं।

र अध्यक्ष हिम शिखरले भने आफैमा म एउटा युवा जनप्रतिनिधी भएकाले युवा लक्षित कार्यक्रमहरु ल्याउने बताएका छन्। साथै अध्यक्ष ज्यू काे यो कामले निरन्तरता पावस् र आगामी कार्ययोजना जनता लक्षित हुन शुभकामना

भरत रिमाल कामना टेलिभिजन तथा कामना टेलिभिजनबाट सञ्चालित अन्लाईन पत्रीकाको कैलाली लम्की, मोहन्याल, जानकी, टिकापुर, क्षेत्रको संवाददाता हुनुहुन्छ । उहाँ समाजका अन्याय, अत्याचार तथा बेथितिका विरुद्ध कलम चलाउनु हुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८४१४१२०७७
