पुनर्वास नगरपालिकाको तेह्रौँ अधिवेशन : आगामी आर्थिक वर्षको बजेट रु. ७७ करोड, ८१ लाख
कञ्चनपुरको पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ७७ करोड, ८१ लाख, ६४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको सभाध्यक्षतामा शुक्रबार आयोजित नगर सभा तथा तेह्रौँ अधिवेशनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको हो ।
पुनर्वास नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगर उपप्रमुख रानाले बताउनु भएको छ ।

त्यस्तै प्रत्येक वडालाई न्युनतम् ४० लाखदेखि अधिकतम् ५६ लाख ५० हजारसम्म रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । नगर सभाले शुक्रबार नै उक्त नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले जानकारी दिनुभयो ।

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
