सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनमा सरकार बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई मतका साथ विश्वासको मत प्राप्त गरेका हुन्। आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका छन्।

दिउँसो १ बजेदेखि सुरु भएको प्रदेश सभा बैठकमा तीनवटै दलका नेताहरुले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन्। ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ र स्वतन्त्र १ जना छन्। यसरी मुख्यमन्त्रीको पक्षमा ४१ मत प्राप्त भएको छ।

विश्वासको मत विभाजनमा ५२ प्रदेश साँसद उपस्थित थिए। शाहले दुई तिहाइ भन्दा बढि मत पाएका हुन। सुदूरपश्चिमको हकमा यो ऐतिहासिक मत हो। यसअघि पहिलो कार्यकालका मुख्यमन्त्री त्रिलोचन भट्टलाई  तत्कालीन नेकपाको ३७ सांसदको समर्थन थियो।
कांग्रेस नेतृत्वको सरकारलाई माओवादी, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240