नेकपा एमाले बझाङ को ४३ औ पुर्ण बैठक सुरु
बझाङ ।कार्तिक ३० नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी बझाङले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशको सभा निर्वाचनको लागि पार्टी कार्यलयमा आवश्यक रणनीति बनाउन को लागि ४३ औ पुर्ण बैठक बसेको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ कमरेड ऐन महर , प्रदेश सभा सदस्य का लागि क) तर्फ कमरेड अफिलाल ओखेडा , प्रदेश ख) तर्फ कमरेड एल.बि.रावल (लाल बहादुर रावल) र प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवार भागरथी सिंह हुनुहुन्छ ।
मंसिर मा हुने निर्वाचन मा जसरी भए पनि आफ्नो पार्टी र पार्टीले तोकेका उम्मेदवारहरुलाई जिताउन पर्ने दबाब नेकपा एमाले लाई रहेको छ । बैठकमा प्रतिनिधि सभाका सदस्य का उम्मेदवार क.ऐन महर भने बैठकमा उपस्थित हुनुहुन्न उहाँ भोलि १ गते देखि मौन अवधी सुरु हुने र आफ्नो चुनाबी प्रचार सक्नु पर्ने भएकाले चुनाबी प्रचार मै ब्यस्त हुनुहुन्छ भने अर्को तर्फ बाम गठबन्धन पनि आफ्नो प्रचारलाई तिब्रता दिदै चुनौती दिइरहेको छ ।

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
