२०८० असार ५, मंगलवार १४:३७
सुदूरपश्चिमका गृह मन्त्री सिँह दुर्घटना गम्भीर घाइते

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिँह सवार गाडी दुर्घटना भएको छ ।

डडेल्धुरा बाट बझाङ बाग्थाला पुगेका सवार गाडी नम्बर ००१ झ ४८० नम्बरकाे गाडी दुर्घटना भएको हाे । गृह मन्त्री पृथ्वी बहादुर सिँह सहित ५ जना गम्भीर घाइते भएको स्राेतकाे भनाइ छ । बागथालाकाे नयाँ बजार नजिकै दुर्घटना भएको हाे । झण्डावाला मन्त्रीकाे गाडी १०० मिटर तल खसेको छ । थप विवरण आउन बाकी छ ।


उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
