बझाङ स्थानीयका समस्याको प्रत्यक्षदर्शी बनि घरदैलो गर्दै ऐन महर
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभाको निर्वाचनको मिति नजिकिए संगै उम्मेदवार हरुले घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन् । यसैबीच बझाङ प्रतिनिधि सभाका उम्मेदवारहरुले समेत आफ्नो घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आइतबार बझाङ प्रतिनिधि सभाका उम्मेदवार ऐन महरले बुंगल नगरपालिका र केदारस्यू गाउँपालिकामा स्थानीयहरुको निवासमै पुगेर दुइटा पालिकाको घरदैलो अभियान गर्नुभयो ।

सो अवसरमा आफूले आम जन समुदायबाट सकारात्मक प्रतिक्रिया पाएको र अधिकांश स्थानीयले जितको अग्रिम शुभकामना समेत दिएको नेकपा एमाले प्रतिनिधि सभाका उम्मेदवार ऐन महरले बताउनुभयो ।

आसन्न मंसिर चार गते हुन गइरहेको निर्वाचनमा होमिएका बझाङ जिल्लाका प्रतिनिधि सभाका उम्मेदवार मध्य नेकपा एमाले पार्टीबाट चुनावी मैदानमा रहेका ऐन महरलाइ सबैले बिश्वास गरेका उम्मेदवारका रुपमा हेर्न थालिएको छ । बझाङका स्थानीयमाझ पछिल्लो समय महरको चर्चा चुलिदै गएको महर निकट स्रोतले बताउन थालेको छ । चुनावको मिति नजिकिदै जाँदा महरले आफू निर्वाचनमा बिजय हुने सम्भावना दिन प्रतिदिन बढ्दै गएको बताउनु भएको छ । महरका अनुसार अहिले चुनावको मैदानमा रहेका उम्मेदवार आफ्नो प्रतिस्पर्धी नरहेको जानकारि दिनुभयो ।



बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
