एक ग्यालिन पानीमै दैनिकी चलाउनुपर्छ – बझाङ काँडाचौरका स्थानीय

बझाङको केदारस्यूँ गाउँपालिका वार्ड नं. ७ काँडाचौर, जहाँ खानेपानीको अभावका कारण वर्षौदेखि स्थानियहरुले समस्या झेल्दै आउनु परेको छ ।

गाउँमा खानेपानीको निकै अभाव छ, गाउँबाट एक घण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने स्थानीयहरुको वाध्यता छ, यहाँका स्थानियवासीले वर्षौंदेखि यो समस्या भोग्दै आए पनि समस्याले भने अझैसम्म पार पाउन सकेको छैन ।
झन्डै डेढसय बढी घरधुरी रहेको काँडाचौरमा एउटै धारो छ जहाँ पानी एक त्यान्द्रो बराबर छैन । लुगा धुने, नुहाउने, गाईभैँसीलाई खुवाउने पानी त परको कुरा हो खानलाई समेत पानीको निकै समस्या छ । दैनिक एक परिवारले एक ग्यालेन अर्थात झन्डै २०लिटर पानीले सबै भ्याउनुपर्ने अवस्था छ ।

दुई घन्टा तल खोला छ जहाँको पानी लिफ्टिङ गरेर माथि गाउँमा लगेमात्र पानीको समस्या समाधान हुने देखिन्छ ।भएका यहाँका स्थानीयलाई गाउँका अन्य समस्या त छँदैछन् तर पनि खानेपानीको समस्या सबैभन्दा ठूलो बनेको छ ।

निर्वाचनका बेला सबै नेताले गाउँमा खानेपानी पुर्‍याउने आश्वासन दिएका भए पनि पहल कतैबाट नभएको स्थानीय दत्त धामिले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो –‘निर्वाचनका बेला नेता चिल्ला भाषण दिन्छन् । सोझासाझा नागरिकबाट फाइदा निकाल्छन् । खानेपानी जस्तो आधारभूत कुरामा पहुँच पुर्‍याउन आग्रह गरे पनि कसैले सहयोग गर्दैनन् । नेताहरू जितेपछि गाउँमै आउँदैनन् ।’

नजिकै पानीको मुहान नहुँदा स्थानीयवासीले पानीका लागि निकै कष्टकर जीवन बिताउँदै आएका छन् ।

गाउँमा पुग्ने नेता, कार्यकर्तालगायतका विभिन्न व्यक्तिसँग खानेपानीको समस्या समाधानका लागि हात जोडेको वर्षौं भयो तर पनि समस्याले अहिलेसम्म निकास पाउन नसकेको स्थानीयवासीहरु बताउँछन् ।

पानीको ग्यालिन बोक्दा–बोक्दा वर्षौँ वितेपनि तर समस्या कसैले नहेरेको स्थानियको गुनासो छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240