सिपि अस्पताल द्वारा कैलारी गाउपालिकामा निशुल्क स्वास्थ शिविर सम्पन्न
आज सिपि अस्पताल को बिषेशज्ञ डाक्टर सहित को टोलि ले कैलाली जिल्लाको कैलारी गाउँपालिका को नागेश पशुपति शिक्षा मन्दिर पवेरा मा १ दिने निशुल्क स्वास्थ शिबिर सम्पन्न गरेको छ । उक्त शिबिर मा ६५० जना भन्दा बढि बिरामि ले निशुल्क चेकजाँच , भिडियो x-ray सेवा तथा औषधि बितरण गरिएको सिपि अस्पताल प्रशासन प्रमुख बिकाश मौनि ले जानकारी दिएका छन ।

उक्त शिबिर मा जनरल सर्जन डा सिपि पाण्डे , महिला रोग विशेषज्ञ डा शृस्ति जोशि , जनरल फिजिसियन डा गौरभ कुमार गुप्ता , नाक कान घाँटि रोग विशेषज्ञ डा इन्द्र उपाध्याय , र हाड जोर्नि रोग विशेषज्ञ डा अमित बहादुर सिह ले सेवा प्रदान गरेका थिए ।

साथै उक्त शिबिर मा २०० जना भन्दा बढि ले मानिसले निशुल्क रुप मा भिडियो x-ray सेवा लिनु भएको मेडिकल अफिसर डा पवन पन्थीले जानकारी गराउनुभयो ।

साथै कार्यक्रम को उद्घाटन शत्र मा कैलारि गाँउपालिका का अध्यक्ष राज समझ चौधरी , त्यस वडाका वडा अधक्ष्य , बिध्यालय ब्यास्थापन समिति का अधक्ष्य र फार्मेशि सघंका प्रतिनिधि ज्यु हरु ले बेला बेला मा बिसेसज्ञ डाक्टर सहित को टोलि ले दुर्गम गाँउ गाउँ मा गएर सेवा दिनु पर्ने कुरा औल्याउनु भएको थियो। यसका साथै गाउपालिका का अध्यक्ष चौधरी ले अस्पताल प्रति खुसी व्यक्त गर्दै अस्पताल लाई धन्यवाद दिनुका साथै यस्तो कार्य पटक पटक गर्न सुझाव पनि दिएका छन ।



राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
