बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गयो

बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ५ सैनगाउँ घर भएका अन्दाजी ३५ वर्षीय लडे जेठाराको सुर्मा ४ स्थीत हलेली भन्ने स्थानमा बिहीबार वेलुका ६ बजे लडेर ज्यान गएको हो ।

जेठ दोस्रो हप्ता यार्सा संकलनका लागि पार्थी हिमाल चढेका जेठारा बिहीबार बिरामी आमालाई भेट्न भन्दै घर फर्किरहेका थिए ।एक्लै घर फर्किरहेका जेठाराको शव बिहीबार राति ८ बजे मात्रै भेटिएको स्थानीय दिपेश दमाईले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनास्थलबाट शव ल्याएर मुचुल्का तयार गरेपछि जेठाराको दाहसंस्कारको तयारी भइरहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240