बदलिँदो मष्टा, स्वराेजगारकाे मुखमा जनता
सुदुरपश्चिम प्रदेशको विकट जिल्ला मष्टा गाँउपालिकाले आफ्नो पालिकामा रहेका दलित समुदाएका युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न तालिम दिदै आएकाे छ ।
युवालाई आत्मनिर्भर बनाउन छालाको जुत्ता बनाउने तालिम गाउँपालीकाले दिएकाे हाे । सरकारमा नवर्निवाचित जनप्रतिनिधि गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहरा आएसँगै स्थानीयस्तरमा छालाको जुत्ता बनाउने तालिम युवामा दिएकाे वडा अध्यक्ष शिवराज बाेहराले बताए । उनले भने , छालाको जुत्ता बनाउने काम लोप हुँदै गएपछि गाँउपालिकाका करीब १४ जनालाई ४५ दिने छालाको जुत्ता बनाउने तालिम दिएको अध्यक्ष बाेहराकाे भनाइ छ ।
परापुर्व कालमा हामीले गाँउघरमै छालाको जुत्ता बनाउने गरेको देखेको र जुत्ता एक दमै टिकाउ र बलियो हुने गरेको स्थानीयकाे भनाइ छ । अहिलेका नयाँ युवा पुस्ताहरुले छालाको जुत्ता बनाउन कुनै चासो नदिएपछि यो सिप हराउदै गएको स्थानीय गोर्ख सार्कीले बताए ।
उनले गाँउपालिकाले उक्त तालिम दिएपछि गाँउमै जिविकोपार्जन गर्न सजिलो हुने पुनः तालिम लिन लागेको बताए । त्यस्तै अर्का स्थानीय राजेन्द्र सार्कीले गाँउपालिकाले आफूहरुलाई यो तालिम दिनु एकदमै राम्रो काम भएको र तालिमबाट सिकेका कुराहरको सदुपयोग गरी अवब आउने पछिल्ला पुस्ताहरुमा पनि परम्परागत रुपमा समुदाएले गर्दै आएको छालाको जुत्ता बनाउने सिपको पनि पुस्तामा हस्तान्तरण हुने बताए ।
उनले तालिम आफूलाई एकदमै राम्रो लागेको बताए । त्यस्तै प्रशिक्षक पञ्च सार्कीले तालिममा सहिभागिहरुलाई सादा जुत्ता, पार्टी सु, बुट र स्कुले बच्चाले लगाउने जुत्ता बनाउने तालिम दिएको सिकारुले पनि तालिम सिकेपछि आफ्नो ज्ञान तथा सिपको आधारमा विभिन्न प्रकारका जुत्ताहरु आफैले घरमा बनाउन सकिने बताए ।

तालिममा बनेका जुत्ताहरु पालिकाका कर्मचारीहरुले खरीद गरी लगाउने र तालिम सिकेपछि पनि स्थानीयह तहमा उत्पादन भएको जुत्ता पालिकाभित्रका विध्यार्थी, कर्मचारीहरुलाई अनिवार्य रुपमा खरीद गरी प्रोसाहान दिने मस्टा गाँउपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए ।

गाउँपालीकामा छालाकाे जुत्ता बनाउने सिप विकास गर्न रु १० लाख खर्च गरेको छ । पालिकाले ‘सिपको सान, व्यक्तिको पहिचान, सिप सिकौँ, आत्मनिर्भर रोजगार बनौ, दलितहरुको परम्परागत सिपको संरक्षण संवर्द्धर र प्रवर्द्धनमा जोड दिऔँ,’भन्ने मूल नाराका साथ ४५ दिने जुत्ता सिलाई कार्यक्रमको आयोजना गरेको जनाएको थियाे । यश तालिमले युवामा केही गर्नु पर्छ भन्दै बेरोजगारकाे अनत्य गर्दै मष्टामा केही राेजगारीकाे बाटाे खुलेको तालिम सहभागीकाे भनाइ छ ।

उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
