२०७९ माघ २०, शुक्रबार ०९:४३
रङ्गहरूको संसार
✍️तिर्थ रेग्मी
रङ्गहरूको संसारअनेक रङ्ग छन
कोहीलाई कालो, मनपर्छ कोहीलाई सेतो
कोहीलाई अन्य रङ्ग …..!!
यसरी जिवन पनि रङ्गीन छ,
थरीथरी रङ्गमा भुल्छन् मान्छे
म पनि भुल्छु आफ्नै रङ्गमा
अनि नियालेर हेर्छु यो संसार
पाउँछु आफुभन्दा बेग्लै
केही आफुजस्तै

कतै लाग्छ बगैंचाको बीचमा बसेर हेरेजस्तो
रङ्गीचङ्गी फुलमाथि,
रङ्गीचङ्गी पुतली नाचेजस्तो
सुन्दर लाग्छ यो संसार
वास्तविकतादेखि पर
अनेक रङ्गसँग रम्दै
रङ्गहरुको हुन्छ आफ्नै वास्तविकता
प्रत्येक जिन्दगीको हुन्छ आफ्नै रङ्ग
रङ्गहरुको हुन्छ आफ्नै वास्तविकता ।
अनेक रङ्गको एक संसार
एकै रङ्गको भैदिए एक संसार
मान्नुपर्छ सुन्दर
अनेक रङ्गको एक संसार ।।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
