डोटिको छिडिखान बजार सरसफाइ
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ मा रहेको छिडिखान बजार सरसफाइ गरिएको छ । वडा अध्यक्ष खेम घर्तिमगरको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, आरसिडिसी का कर्मचारी र स्थानीय व्यापारीको एक संयुक्त टोलीले बिहिवार बजार सरसफाइ गरेको हो ।

बजार सरसफाइ गर्नुका साथै बजार क्षेत्रमा फोहर व्यवस्थापन गर्नको लागि खाडल पनि खनिएका छन् । वडा अध्यक्ष घर्तिमगरका अनुसार अब देखी हरेक महिनाको २ गते बजार सरसफाइ गरिने भएको छ । बजार स्वच्छ र सफा राख्नको लागि आवश्यक डस्टविन राखिने भएका छन् ।
हरेक महिनामा वडाका क्षेत्रमा गरिने सरसफा कार्यक्रममा अनुपस्थित हुने व्यक्तिलाई रु पाँच सय जरिवाना गरिने वडा अध्यक्ष घर्तिमगरले बताउनुभयो

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
