नेपाली सेना पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९औं बार्षिकोत्सब सम्पन्न
नेपाली सेना पश्चिम पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९ औं बार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार साझ आयोजित बार्षिकोत्सबको अबसरमा विभिन्न सैनिक कला कौशल प्रदर्शन गर्नुको साथै देशका विभिन्न भेगका सास्कृतिक प्रस्तुती पनि देखाइएको थियो ।
सैनिक मुख्यालयका अतिरिक्त देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र एकाइमा समेत स्थापना दिवसमा वार्षिकोत्सब विविध कार्यक्रम गरी मनाउने प्रचलन छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आइरहेको छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ भने समावेशीका हिसाबले सङ्गठन चार जात छत्तिस वर्णको फूलबारीजस्तै बनेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीसँगै सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो तुल्याएको छ ।

शुक्रवार साँझ आयोजित (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९ औं बार्षिकोत्सब कार्यक्रममा पनि विभिन्न शैनिकले आफ्नो कला कौशल प्रस्तुत गरेका थिए । सो कार्यक्रममा बझाङ स्थित अन्य सुरक्षा निकायका प्रमुख, जिल्ला प्रमुख, जिल्ला सह प्रमुख, नगर प्रमुख, उद्योगी, ब्यवसायी लगायत थुप्रैको सहभागिता थियो ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
