गठबन्धन दलबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका जोशी पदमा हुँदाका पाँच काण्ड
बझाङ
मन्त्री भएको बेला ११ पीए राखेर मुछिएका जोशी
गठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका भानुभक्त जोशी २०६४ सालमा बनमन्त्री भएका थिए । जोशी मन्त्रीको कार्यकाल भरी विवादै विवादमा मुछिएका थिए । उनले त्यो अवधीमा ११ जना पीए (सहयोगी) नियुक्त गरेका थिए । जोशीको कार्यकक्षमा पनि अधिकांश समय तिनै पीए र सहयोगीले घेरिरहेका हुन्थे । वन कार्यालय ललितपुरमा सहायक वन अधिकृत रहेका अजयविक्रम मानन्धरलाई मन्त्रालयमा तानेर मन्त्री जोशीले निजी सचिव बनाएका थिए भने बझाङका अमरराज खत्री, जनक धामी, धनबहादुर सिंह, रामबहादुर कुँवर, अक्कलबहादुर धामी, मदन रेग्मी, जयन्ती जोशीलाई सहयोगीका रूपमा निजी सचिवालयमा नियुक्त गरेका थिए । जोशीले गठबन्धनबाट प्रतिनिधि सभा सदस्यको टिकट पाए पछी मन्त्री हुँदा पीए बनाएका कतिपय अहिले जोशीका प्रिय पात्र बनेका छन् । मन्त्रालयका अधिकारीहरूसँग भन्दा पनि काठ ठेकेदारसँग मन्त्री जोशीले बढी समय विताउने मन्त्रालयका अधिकारीहरूले बताउनेगरेका थिए ।
मन्त्रीका पीए (सहयोगीको) हूल भयो भन्ने चर्चा मन्त्रालयमा धेरै भइसकेपछी मन्त्रालयका अनौपचारिक र औपचारिक बैठकहरूमा समेत त्यसबारे धेरै बहस भएपछी कान्तिपुर दैनिकले मन्त्रीका पीए डेढ दर्जनभनेर २०६८ असार १२ समाचार प्रकाशित गरेको थियो । मन्त्रीको कार्यकालमा पीएहरू धेरै भयो भनेर नेपाल निजामती कर्मचारी संगठनले पटक–पटक विरोध गरेपनि जोशीले सुनुवाई नगरेको कर्मचारीहरुले आरोप लगाएका थिए । जोशीले आफ्नो क्षेत्र (सुदूरपश्चिम) का छविराज पन्तलाई सचिव बनाए ।
तत्कालीन सचिव युवराज भुसालसँग कुरा नमिलेपछि उनले पन्तलाई ल्याएका थिए । मन्त्रीसँग कुरा नमिलेपछि भुसाल मन्त्रालय जानै छाडेका थिए । यस्तै, मन्त्रालय मातहतको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा एमालेकै सीताराम नेपाललाई अध्यक्ष र सुदूरपश्चिमका विद्यार्थी नेता चन्द्रबहादुर शाहीलाई महाप्रबन्धक नियुक्त गरी ११ महिनादेखि बन्द रहेको काठ ओसारपसार खुला गर्ने आंशिक निर्णय’ बाहेक मन्त्री जोशीले अरू काम गर्न सकेनन् । गठबन्धन दलबाट उम्मेदवार बनेका जोशी गाउँघरमा मत माग्न जादाँ पदमा रहँदाका काण्ड खोलिन थालेका छन् ।


रातो पास्र्पोट काण्ड
२०५१ सालको मध्यवधी चुनावमा राजनितिमा लागेको गरिबको छोरो भनेर बझाङ बासीले जिताएर पठाए । उनले उल्टै बझाङको मात्रै हैन रातो पास्पोर्ट बेचेर नेपालीको समेत बदनाम गरेका थिए । त्यहि कारणले गर्दा २०५६ सालको आम निर्वाचनमा जोशीले टिकट समेत पाएनन् ।
अमृत हत्या प्रकरणमा समेत मुछिए जोशी
२०७७ साल माघ १३ गते छविसपाथिभेरा गाउँपालिकाको–३ मा रहेको बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितीको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि छविसपाथिभेरा–३ को झरखेलामा खुँडा प्रहार गरी बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ घर भएका नेपाली कांग्रेसको भातृ संगठन तरुणदल बझाङका युवा नेता २७ बर्षिया अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्या प्रकरणको आरोपमा प्रकाउ परेका छविसपाथिभेरा गाउँपालिका–२ घर भएका वडाअध्यक्ष विकास ऐडी, ज्ञान बहादुर कठायत, प्रकाश ऐडी, केदारमान ऐडी र जय बहादुर रोकायालाई बचाउनका लागि समेत जोशी लागि परे । अर्का तिर विध्यालय जस्तो शैक्षिक क्षेत्रमा समेत राजनिति गर्न खोजेको कांग्रेसका नेताहरुले आरोप लगाएका थिए । अहिले ऐडी जोशीको विश्वासको मुख्य पात्र बनेका छन् । नेपाली कांग्रेसको जनमतले जित्ने सपना देखेका जोशीले घटनामा संलग्नलाई बचाउन प्रयास गरेको घटनाले आफुहरुलाई पिरोल्ने गरेको कांंग्रेसका कार्यकर्ताहरुको भनाई छ ।

प्रकृया विना रकम छुट्याउन लगाएर असुल
२०७४ को स्थानियतहको चुनावमा छविसपाथिभेरा गाउँपालिकाका आफुनिकट पीए समेत भएका अक्कल बहादुर धामी लगाएत केहिलाई स्थानियतहको टिकट दिन समेत मरिहते गरेका थिए । त्यो गर्नुको एउटै कारण थियो । इन्जिनियर पढेको छोरालाई गाउँपालिका अध्यक्ष धामीलाई भनेर गाउँपालिकाको रकम डिपीआर भनेर आफ्नो छोरालाई ठुलो मात्रामा रकम विना प्रकृया छुट्याउन लगाएर रकम असुल गरेका थिए ।
गठबन्धन दलबाट बझाङ जिल्ला प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका जोशी हाल कहाँ बस्छन ?
गठबन्धन दलबाट बझाङ जिल्ला प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका जोशी बझाङको छविसपाथिभेरा गाउँपालिका झुटेरामा रहेको पुरानो घर छोडेका छन् । दुई पटक सांसद बनाएर पठाएका बझाङबासीहरुले अहिले सम्म कतिपयको अवस्था विहान खाना खायो भने बेलुका केखाउ भन्ने अवस्था छ । जोशी भने अहिले काठमान्डौको कीर्तिपुरमा दुइतले सान्दार घर बनाएर आफ्नी श्रीमती, छोरा सहित बस्दै आएका छन् । काठमाण्डौ बस्दा समेत उनले बझाङको लागि गरेको कुनै काम छैन् । तर उनि काठ्माण्डौ बसेर निजामती कर्मचारीहरुको सरुवामात्रै गर्न संलग्न रहे । हाल उमेरले ६० बर्ष भन्दा उकालो लागेका जोशी पछील्लो समयमा फेरी बझाङबाटै गठबन्धनबाट उम्मेदवार बनेर गाउँघरमा गई कात्रो स्वरुप आफुलाई अन्तिम पटक मत दिन भन्दै झुटा आस्वसन दिने गरेको उनका पुर्व सहकर्मीहरु बताउछन ।
२०४६ सालदेखि पटक पटक बझाङका मतदाताले जिताएपनी जोशिले बझाङका जनताको समस्यामा चासो नदिएको स्थानीयको गुनासो छ । अहिले बझाङका मतदाता युवा नेता ऐन महरलाइ मतदान गर्ने सोचमा रहेका देखिन्छन् ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
