ललितपुर महानगरपालिकाले आगामी एक वर्षभित्र सबै मुख्य सडकमा स्मार्ट लाइट राख्ने तयारी गरेको छ । २०८१ असार भित्र मुख्य चोकहरुमा १२ वटा ‘हाइमास्ट लाइट’ र सडकहरूमा ‘स्मार्ट स्ट्रिट लाइट’ राखिसक्ने महानगरले जनाएको हो । महानगरपालिकाले स्मार्ट लाइट जडानको कार्यक्रम आर्थिक वर्ष २०७८/७९ को बजेटमै राखेको थियो । तर, सो आवमा जडान भने हुन सकेन ।
सुदुरपस्चिम को समाजवादी प्रेस संगठन कैलाली का अध्यक्ष लक्ष्मी प्रसाद जैशी को अध्यक्षता , नेकपा एकीकृत समाजवादी पार्टी का जिल्ला अध्यक्ष बिमल कुमार जोशी को प्रमुख अतिथि र समाजदी प्रेस संगठन का प्रदेश महासचिव अनिल शाही को बिशिस्ट अतिथ्यतामा बिस्तारित बैठक बसेको छ । उक्त बैठकमा जिल्लाको पुरानो कार्यसमितिमा रिक्त रहेका पदहरुमा नया सदस्यहरू थप
सुदुरपश्चिम प्रदेश सरकार ले खप्तड क्षेत्रको पर्यटन प्रबर्द्धन र प्रचार प्रसार को लागि पहिलो पटक गरिन थालेको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन को भव्य रुपमा संन्चालन भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय योग गुरु रामदेव वावा बालकृष्ण आचार्य लगायत को टोली हरिदार बाट आज नै हेलिकप्टरमा आइ खप्तडमा आध्यात्मिक योग प्रवचन गरिने हुँदा यो सम्मेलन को प्रमुख आकर्षण
उत्तमकुमार थापा /धनगढीआधुनिक प्रविधिमा किसानकाे सराेकार रैथाने वाली र अन्य कृषि जैविक उत्पादनकाे बिक्री वितरण वाट घरघरमा राेजगार भन्ने मुल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको छ । आज सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे मष्टा गाउँपालीकाले किसानलाई आधुनिक तरहबाट अगाडि बढाउदै जैविक वालीबाट घरघरमा राेजगार सृजना गर्ने उदश्यले एक कार्यक्रम गरेको हाे । धनगढीमा रहेको टेम्पल
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीको बाँकी सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न लागेको भन्दै एमालेका सचेतक बर्तौलाले आक्रोश व्यक्त गरेका छन् ।संघीय
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो ।
संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले हेलिकप्टर सम्पर्कविहीन भएको बताए। सिम्रिक एयरको एयरपोर्ट कार्यालयले पनि अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिएको छ। बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न
उमेरले ४८ वसन्त पार गरेकी बझाङको बुंगल नगरपालिका ९ देउलिकोटकी नर्मा पातली सोही वडाको मिलिजुलि महिला समूहकि सदस्य हुन् । नरमा पातलिको दुइटा छोरी बिहे गरेर पराइ घर गईसकेकी छन् भने एउटा छोरा सानो नौ वर्षको छन् । दुर्भाग्य भनौं या त संयोग झन्डै चार महिना अघि उपचारको लागि धनगढी गईरहेका नर्मा पातली र उहाँका
दलित सहयोग समाज बझाङद्वारा घरेलु हिंसाबाट प्रभावित महिलालाइ सामान्य घरायसी खाद्यान्न लगायतको सामान वितरण गरेको छ । बझाङको बुंगल नगरपालिका वार्ड नम्बर ११ धारघर भएकी ३२ वर्षिया गिता बोहरा लाइ खाद्यान्न लगायतको सामाग्री वितरण गरिएको हो । दलित सहयोग समाज बझाङको समान व्यवहार परियोजना अन्तर्गत रहेर मंगलवार धारघरमा दाल, चामल, तेल, साबुन, नुन आदि करिब
उत्तमकुमार थापा बझाङसुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे सुर्मा गाउँपालीका वडा नम्बर २ काे घाेगाडामा खानेपानी पुगेको छ । दशकाै बर्ष देखि पानीको समस्या झेल्दै आउनु भएका घाेगाडाका स्थानीयले खानेपानी पाएका छन । हिमालकाे छेउमा रहेको मुहान ठाडे देखि ल्याएको मुहानकाे पानी गाउँमा पुगेको भन्दै स्थानीयहरु खुसि मनाउदै थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरा