आधुनिक प्रविधिमा किसानकाे सराेकार रैथाने वाली र अन्य कृषि जैविक उत्पादनकाे बिक्री वितरण वाट घरघरमा राेजगार


उत्तमकुमार थापा /धनगढी
आधुनिक प्रविधिमा किसानकाे सराेकार रैथाने वाली र अन्य कृषि जैविक उत्पादनकाे बिक्री वितरण वाट घरघरमा राेजगार भन्ने मुल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको छ ।

आज सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङकाे मष्टा गाउँपालीकाले किसानलाई आधुनिक तरहबाट अगाडि बढाउदै जैविक वालीबाट घरघरमा राेजगार सृजना गर्ने उदश्यले एक कार्यक्रम गरेको हाे ।

धनगढीमा रहेको टेम्पल रिसाेर्टमा मष्टा गाउँपालीकाले कार्यक्रमकाे आयाेजना गर्दै सघिय सरकार ,प्रदेश सरकारकाे र स्थानीय सरकारकाे आयाेजनामा रैथाने वालीकाे प्रबदन र यसको उन्नतिकाे लागि कार्यक्रम गरिएको हाे । यस कार्यक्रमले मष्टा गाउँपालीकाकाे समृद्धि सहित कृषकलाई अगाडि बढाउने मात्र नभएर सिँगै सुदुरपश्चिमकाे बिषयमा फाईदा हुने कार्यक्रमकाे उदश्य रहेको मष्टा गाउँपालीका अध्यक्ष ज्ञान बहादुर बाेहराले बताउनु भयाे ।

सञ्चालन भएको कार्यक्रममा मष्टा गाउँपालीका अध्यक्ष ज्ञानबहादुर बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिँह बिशिस्ट अतिथि जिल्ला समन्वय समिति सँयाेजक नरबहादुर बाेहरा सहित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियाे ।

कार्यक्रममा मष्टा गाउँपालीका प्रवक्ता उत्तमराज जाेशीले स्वागत मन्तव्य राख्नु भएको थियाे । स्थानीय सरकारले किसानको बिषयमा र कृषिको बारेमा केही काम गर्ने उत्सुकता देखाएको भन्दै मुख्य मन्त्री कार्यालय र सरकारले सहयाेग गर्ने चासाे राखेको गाउँपालीकाकाे धारणा छ । यतिबेला सरकारमा बझाङ बाट कानुन मन्त्री सहित रहेका सिँहले आफुले यसमा खेल्नु पर्ने भुमिकामा कहि कति नचुक्ने बताए । याे कार्यक्रम सुदुरपश्चिम प्रदेशका ९ वटा पालीकामा सञ्चालन भएको छ । सुदुरपश्चिम प्रदेश सरकार मुख्य मन्त्री कार्यालयकाे सहयाेग र मष्टा गाउँपालीकाकाे आयाेजनामा कार्यक्रम सञ्चालन भएको थियाे । २ कराेडमा सरकार सँग सम्झौता भएको कार्यक्रममा एक कराेड पचास लाखमा स्थानीय सरकारले ५० लाख आफ्नै खर्च गर्नु पर्ने हाे । परियाेजनाले ३२३८ जना लाभान्वित हुने देखिन्छ । मष्टा गाउँपालीकाले कृषकका लागि अगाडि बढाएको यस्तो कदमलाई सरकारले स्वागत गरेकाे मुख्य मन्त्रालयले जनाएको छ । प्रदेश सरकार कृषि मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत तथा उपसचिव टिकाराम थापाले रैथाने वालीलाई प्राथमिकता दिनु पर्ने हाम्रो वालीहरु लाेप हुँदै गएको वेला यसको जगेर्ना गर्नु पर्ने बताउनु भयाे । जस्तै जाैँ,तिल,काेदाे,मकै,भटमास मार्साे लगाएतका रैथाने वालीकाे जगेर्ना गर्नु पर्ने भन्दै मन्त्रालय लागिपरेको बताउनु भयाे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240