खप्तडमा आध्यात्मिक सम्मेलन भव्यरुपमा हुदै
सुदुरपश्चिम प्रदेश सरकार ले खप्तड क्षेत्रको पर्यटन प्रबर्द्धन र प्रचार प्रसार को लागि पहिलो पटक गरिन थालेको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन को भव्य रुपमा संन्चालन भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय योग गुरु रामदेव वावा बालकृष्ण आचार्य लगायत को टोली हरिदार बाट आज नै हेलिकप्टरमा आइ खप्तडमा आध्यात्मिक योग प्रवचन गरिने हुँदा यो सम्मेलन को प्रमुख आकर्षण रहेको छ।

यसका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साथै प्रदेश मुख्यमन्त्री को पनि सम्बोधन हुने भएको छ।२३गते देखि २५गते सम्म हुने यस आध्यात्मिक सम्मेलन मा हरिद्वार बाट योग पत्जानजलिका भक्तहरू बिभिन्न जिल्लाका योग सादकहरु राष्ट्रसेवक कर्मचारी जनप्रतिनिधि लगायतको सहभागिता रहेको छ। सम्मेलन मा आउने भक्तजनहरूका लागि आयोजना सुदुरपश्चिम प्रदेश सरकार खप्तड क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समिति र खप्तड पर्यटन बोर्डले खाना बस्नको लागि ब्यवस्थापन गरिएको छ।

सम्मेलनको उद्घाटनमा स्थानीय कलाकार सहित सुदुरपश्चिम लोक संस्कृतिलाइ झल्काउने केही प्रस्तुति पनि राखिने भएको छ।यो सम्मेलनले खप्तड पर्यटन प्रबर्द्धन का लागि ठूलो सहयोग पुग्ने खप्तड पर्यटन बोर्डका कार्यकारी निर्देशक भिम खड्काले जानकारी दिनुभयो छ।

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
