नक्सा निकालिएपनी जनसंख्या गणना हुन नसकेको लिपुलेक

महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ भित्र छाङरु र टिंकर छन् भने त्योसँगै जोडिएर कालापानी, लिपुलेक भूमि पर्दछ। उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन।

सरकारले नेपालको नयाँ ‘चुच्चे नक्सा’ प्रयोगमा ल्याए पनि चुच्चे नक्सामा परेका महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेन। उक्त क्षेत्रमा पुग्न भारतको बाटो भएर जानुपर्ने र त्यहाँ तैनाथ भारतीय सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) ले जाने अनुमति नदिएपछि जनगणनाको लगत लिने प्रतिनिधि खटाउन नसकेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरु गाउँको पारिपट्टि भारतको गर्ब्याङ गाउँमा सौका समुदायको बसोबास रहेको यो गाउँसँगै भारतीय सुरक्षाकर्मीको पोस्ट छ। यो गाउँबाट करिब १० किलोमिटर अगाडि महाकालीवारि भारतले अतिक्रमण गरेको नेपाली भूमि गुञ्जी गाउँ पर्छ।

‘यो सरकारले कूटनीतिक पहलबाट हुने र बोल्नुपर्ने विषय भए पनि हुन सकेको छैन्। अरू मुलुकको कब्जामा रहेको भूमिमा सुरुदेखि नै जनगणनाको कुनै क्रियाकलाप गर्न दिएन। कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणना गर्न चाहे पनि सम्भव नभएको अधिकारीहरुको तर्क छ। सो क्षेत्रमा पाँच सय हाराहारीमा जनसंख्या रहेको अनुमान छ।

घरसंख्या यकिन छैन। लगत लिन नसकेकाले उक्त भूभागको जनसंख्या जनगणनाको प्रतिवेदनमा समावेश नरहेको बताइएको छ। बर्खामासलगत्तै सञ्चालित राष्ट्रिय जनगणनामा महाकालीपारि व्यास गाउँपालिका–१ को छाङरु र टिंकर क्षेत्रमा खटाइएका कर्मचारीले व्यहोरेको सास्तीको उचित मूल्यांकन गर्न नसकिएको हो। (दिनेश खबरबाट)

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240