धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ। हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्। ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन्। बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक
बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मत गणना स्थगित भएको छ। जिल्लाको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत गणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मत गणना स्थगित भएको बताइएको छ। प्रतिनिधिसभाको मत गणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मत गणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।
धनगढीमा निषेधाज्ञा जारी गरिएकै क्षेत्रमा विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भएपनि विद्यार्थीहरुले भने शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका हुन्। प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल,
धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक युवक गम्भीर घाइते भएका छन्। उपमहानगरपालिका-२ हुलाकी रोडमा भन्सारबाट हुलाकी सडकखण्डतर्फ जाँदै गरेको से ५ प ९०७७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी अन्दाजी २२ वर्षीय युवक गम्भीर घाइते भएका हुन्। उनको परिचय भने खुलेको छैन। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पातालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार बिहीबार
बझाङ पुगेर सागर ढकालले नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा बझाङ जिल्लाका सह–इन्चार्ज ऐन महरलाई भेटेका छन् । ढकाल र महरले बझाङको बुंगल नगरपालिकामा रहेको कालंगा हाइड्रो पावरमा भेटघाट गरेका हुन् । डडेलधुराबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका ढकालले बझाङबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका महरलाई भेट्न बझाङ पुगेको बताएका छन् ।चुनावी अभियानकै क्रममा हजुरबुवा उमेरका
बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नम्बर –१ को वडा भवनको शिलान्यास गरिएको छ । आइतबार मष्टागाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहरा र वडाध्यक्ष रामचन्द्र रोकायाको संयुक्त रुपमा भवनको शिलान्यास गरेसँगै भवन निमार्णको काम सुरु भएको हो । भवन शिलान्यास गर्दै अध्यक्ष बोहराले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न निर्माण निर्देशन दिए । शिलान्यास कार्यक्रममा बोल्दै
बझाङः नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताएका छन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए। विज्ञापन चुनाव हारेपनि आफू जनताकै माझमा रहेको र आजबाट मतदातासँग भेट्घाट गरी धन्यवाद ज्ञापन कार्यक्रम सुरु गरिएको उनले बताए। ‘मतदातालाई भेटेर महरले चुनाव
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले लघुवित्त संस्थाहरु माथि कार्वाही शुरु गरेको छ । कैलालीकाे गाैरिगंगा नगरपालिका वडा नम्बर १ चाैमाला बजारमा रहेको युनिक नेपाल लघुवित्त संस्थाकाे कार्यलय ताेडफाेड गरि सम्पूर्ण कागजात नियन्त्रणमा लिई कम्प्युटर समेत तोडफोड गरेको छ । नेकपा(बहुमत) ले लघुवित्त,वित्तीय संस्थाले गाउँ गाउँमा महिला समुह बनाएर नयाँ साहु महाजनको शैलिमा पैसाको व्यापार गरिरहेकाे,समुहमा ऋण
बझाङ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन् । जोशीले २८ हजार १ सय४३ मत ल्याएर विजयी भएका हुन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १ सय ४५ मत पाएका छन् । प्रदेशसभा सदस्य (२) मा गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका युवा नेता भीमबहादुर भण्डारी
गौरिगंगा नगरपालिका वडा नं ४ मा रहेको अनुग्रह साउँद समुहले गाउँका ९ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । कार्यक्रममा सभापति अनुग्रह साउँद समुहका अध्यक्ष लाल बहादुर साउँद, बिशिष्ट अतिथि साउँद समुहका संस्थापक वलविर साउँद, प्रमुख अतिथि गगन सिं साउँद र अतिथिमा साउँद समुहका सबै सदस्यहरूको उपस्थितिमा कार्यक्रमको सञ्चालन नरेन्द्र साउँदको र सारदा