२०७९ मंसिर १६, शुक्रबार ०५:११
बाजुरामा मुचुल्का भन्दा बढी भोट भेटिएपछि मतगणना स्थगित
बाजुरामा मुचुल्काभन्दा ४० भोट बढी भेटिएपछि मत गणना स्थगित भएको छ। जिल्लाको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत गणनाका क्रममा मुचुल्काभन्दा बढी मत आएपछि मत गणना स्थगित भएको बताइएको छ।


प्रतिनिधिसभाको मत गणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेभन्दा ४० मत बढी खसेपछि मत गणना रोकिएको बताइएको छ। प्रदेशसभाको मतगणना भने जारी रहेको जनाइएको छ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
