अनुग्रह साउँद समुहद्वारा जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान
गौरिगंगा नगरपालिका वडा नं ४ मा रहेको अनुग्रह साउँद समुहले गाउँका ९ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । कार्यक्रममा सभापति अनुग्रह साउँद समुहका अध्यक्ष लाल बहादुर साउँद, बिशिष्ट अतिथि साउँद समुहका संस्थापक वलविर साउँद, प्रमुख अतिथि गगन सिं साउँद र अतिथिमा साउँद समुहका सबै सदस्यहरूको उपस्थितिमा कार्यक्रमको सञ्चालन नरेन्द्र साउँदको र सारदा साउँदले गर्नु भएको थियो । अम्बा देवि साउँद, चम्फा साउँद, दिलु साउँद ,नना साउँद, राजु देवि साउँद,करुवा साउँद, वासुदेवि साउँद गरी साउँद समूहले ९ जना ७५ बर्ष भन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई खाँदा माला प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । फेरि पनि समाज सेवामा योगदान पुर्याएका ज्येष्ठ नागरिकलाई अन्य कार्यक्रम गरी सम्मान गर्नेछौ भन्दै कार्यक्रमका सभापति अनुग्रह साउँद समुहका अध्यक्ष लाल बहादुर साउँदले कार्यक्रमको समापन गर्नु भएको थियो ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
