११ मंसिर, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् । शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो । मेयर रावत र
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले लघुवित्त संस्थाहरु माथि कार्वाही शुरु गरेको छ । कैलालीकाे गाैरिगंगा नगरपालिका वडा नम्बर १ चाैमाला बजारमा रहेको युनिक नेपाल लघुवित्त संस्थाकाे कार्यलय ताेडफाेड गरि सम्पूर्ण कागजात नियन्त्रणमा लिई कम्प्युटर समेत तोडफोड गरेको छ । नेकपा(बहुमत) ले लघुवित्त,वित्तीय संस्थाले गाउँ गाउँमा महिला समुह बनाएर नयाँ साहु महाजनको शैलिमा पैसाको व्यापार गरिरहेकाे,समुहमा ऋण
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशीलमा पर्छन्। मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले अतिसंवेदनशील जिल्लामा परेको कैलालीका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था लागू गरेको बताए। कैलालीका ५३ मतदान केन्द्रलाई सामान्य, १ सय
वनस्पति अनुसन्धान केन्द्र धनगढी मातहतको जाखौर ताल क्षेत्रमा बत्ती जडानका कारण जुनकिरी, पुतली, फट्याङ्ग्रा र किरा मर्न थालेका छन्। वनस्पति अनुसन्धान केन्द्रको अधिकार क्षेत्र भएको तालको सौन्दर्यता बढाउने भनेर उपमहानगरले चार करोड बढी रकम खर्चेर संरचना निर्माण गरेको छ।तर, कानुनविपरीत अर्को सरकारी निकायको अधिकार क्षेत्रमा प्रवेश गरेर उपमहानगरले काम गर्दा एकातर्फ ठुलो बजेट खर्च भएको
सिद्धराज पाण्डे / लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको को लायन वर्ष २०२२/२०२३ को लागि नयाँ कार्यसमितिको अध्यक्ष मा लियो चेतन विक्रम चन्द चयन भएका छन्। वर्ष २०२१/२०२२ का क्लब अध्यक्ष लियो चन्द्रकान्त पनेरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लायन वर्ष २०२२/२०२३ का एरिया इन्चार्ज लायन
सामाजिक विकास मन्त्रालय धनगढी मातहतको कार्यालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजना तथा युनिसेफ (UNICEF) नेपालको आर्थिक सहायतामा आज देखि प्रभावकारी खोप ब्यबस्थापन सम्बन्धि तालिम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयहरु, स्थानिय तहहरुको खोप व्यवस्थापन, कोल्ड चेन स्टोर तथा सबस्टोरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सो तालिम दिइएको हो । प्रभावकारी खोप व्यवस्थापन सम्बन्धी सो
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताएका छन्। उनले धनगढीमा सत्ता गठबन्धनको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। ‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरुमा भोट हाल्दैन भनेर हुदैन,’ उनले भने, ‘म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु
कैलाली (चुरे)-कैलाली -४ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार लेखराज भट्टले क्षेत्र नम्बर ४ का जनताको शिर झुकाउने गरी कुनै काम नभएको दाबी गरेका छन् । चुरे गाउँपालिका ५ खानिडाडामा स्थानियलाई आज सम्वाेधन गर्दै जनताका गुनासा सुन्न आफु सधैं तयार रहेको बताए । उनले जनप्रतिनिधी भएपछि जनताका धेरै गुनाशा माग हुने भएकाले आफु सधैं
बझाङ-कैलाली सम्पर्क मञ्चबाट आयोजित कैलालीको दोश्रो भेला तथा दिपावली र छठपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । एमाले पार्टी कार्यालय तथा मनमोहन स्मृति भवन धनगढीमा विहिवार भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य (बझाङ जिल्ला सह इन्चार्ज) तथा बझाङ क्षत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार ऐन महरको प्रमुख आतिथ्यमा बझाङ
धनगढी : धनगढीमा चुनाव प्रचारप्रसारमा सरकारी गाडीको प्रयोग भएको पाएको छ । बुधबार धनगढी उपमहानगरपालिका १५ बेलीमा गठबन्धनको चुनावी कार्यक्रममा निर्वाचन आचारसंहिताविपरीत बा २ झ ३१२५ नम्बरको सरकारी गाडी प्रयोग भएको पाएको हो । निर्वाचन आचारसंहिता २०७९ अनुसार सरकारी निकायको कुनै पनि स्रोतसाधन कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ ।