गठबन्धनका उम्मेद्वार भानुभक्त जोशिलाई खुल्ला बहसमा आउन एमाले उम्मेदवार ऐन महर को चुनौती

बझाङ-कैलाली सम्पर्क मञ्चबाट आयोजित कैलालीको दोश्रो भेला तथा दिपावली र छठपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

एमाले पार्टी कार्यालय तथा मनमोहन स्मृति भवन धनगढीमा विहिवार भएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य (बझाङ जिल्ला सह इन्चार्ज) तथा बझाङ क्षत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार ऐन महरको प्रमुख आतिथ्यमा बझाङ कैलाली सम्पर्क समितिको दोश्रो भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य (बझाङ जिल्ला सह इन्चार्ज) तथा बझाङ क्षत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार ऐन महरले हरेक कार्यकर्ता पार्टी प्रति इमान्दार, वफादार र नैतिकवान हुनु पर्ने बताउनु भयो । उहाँले कार्यसमिति क्रियाशील हुनुपर्नेमा जोड दिनु भयो । देशमा गठबन्धनको गलत प्रवृत्ति र कार्यबारे सबै जनता ज्ञात रहेको बताउँदै महरले भन्नु भयो ,’ एमालेले कुनै पनि ठाउँमा कमि कमजोरि नगरी पार्टीका हरेक तहका संगठन विस्तारमा र जनसेवामा लाग्न जरुरी छ ।’ एमालेका नेता तथा कार्यकर्ता एक जुट भएर पार्टीको हित र हरेक अभियानमा लागे एमालेसँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने र जनताका भावना बुझ्ने, देशको विकास र परिवर्तनका लागि आवश्यक नीति भएको पार्टी एमाले बाहेक अरु कुनै नभएको तथा देशलाई सुदृढीकरणतर्फ लैजान सुर्य चिन्हमा मतदान गर्नुपर्ने महरले बताउनु भयो ।
उहाँले थप्नु भयो -“नेकपा एमालेको लोकप्रियता दिनप्रतिदिन बढिरहेको र बझाङमा पनि नेकपा एमाले जनताको मनमा बसिरहेको छ, नेकपा एमालेको पक्षमा समानुपातिकको तर्फबाट ४० प्रतिशत मत कट्ने दावी छ । हरेक नेपाली नागरिकले देश र जनताको हित विपरीत काॠ गरिरहेको गठबन्धनलाई चिनिसकेको र आउने चुनावमा त्यसको नतिजा देखाउने महरले स्पष्ट पार्नुभयो । बझाङ्गि जनता क्षमतावान र नैतिकवान रहेको बताउँदै एक जुट भएर लागेमा जुनसुकै मिसन सफल हुने कार्यक्रममा महरले बताएका थिए । गठबन्धन भुसको आगो हो, मंसिर चारमा सो आगो सकिने उहाँले बताएका छन् । महरले गठबन्धनका उम्मेदवार भानुभक्त जोशि लाई बझाँङ को बिकासका योजना बारे खुल्ला बहसमा आउन आग्रह गर्दै भन्नुभयो – भानुभक्त जोशी ज्यू म भन्दा हरेक कुरामा अग्र हुनुहुन्छ तर उहाँले पटक पटक जितेपनी बझाङ्गी जनताले पटकपटक जिताएपनी उहाँले बझाङका जनता र बिकासका लागि कुनै योजना बनाउन सक्नुभएन । बझाङका जनताले पटकपटक भानुभक्त लाई बनाए तर भानुभक्त आफू मात्रै बने, बझाङ र बझाङ्गि जनतालाई बनाउनु भएन । कार्यक्रममा बोल्दै महरले थपे – बझाङको कुनै एउटा फिल्डमा सबै पत्रकार, मिडियाकर्मी, तथा आम सर्वसाधारणलाई बोलाएर भानुभक्त जोशी संग खुल्ला बहस गर्न तयार छु, उहाँ तयार हुनुपर्छ ।

कार्यक्रममा सभाध्यक्ष तथा बझाङ कैलाली सम्पर्क मञ्च कमिटीका अध्यक्ष जनकराज जोशी, युवा नेता नयन बोहरा, कैलाली जिल्ला कमिटी सदस्य सत्य राज जोशी, बझाङ जिल्ला कमिटी सदस्य पदम बहादुर सिंह, बझाङ जिल्ला कमिटी सदस्य तथा निबर्तमान बित्थड चिर गाउँपालिका अध्यक्ष प्रेम बोहरा , तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुवँर, युवा संघ केन्द्रिय सदस्य तथा बझाङ जिल्ला युवा संघ अध्यक्ष लोकेन्द्र बहादुर सिंह, अनेरास्ववियु प्रदेश सह इन्चार्ज रक्षा बम, अनेरास्ववियु केन्द्रिय सदस्य भुमिका कुवँर, राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष ओम राज जोशि, ऐन सिंह, बुनु रोकाया, दुर्गा नेपाली, मन बहादुर घर्ती, मीन बहादुर कुवँर, परशुराम उपाध्याय, बिक्रम खाती, लक्ष्मी राज जोशी, तथा विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरुको उपस्तिथि थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240