कैलालीका ५२ केन्द्र अति संवेदनशील

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशीलमा पर्छन्। मंसिर ४ को निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले अतिसंवेदनशील जिल्लामा परेको कैलालीका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था लागू गरेको बताए। कैलालीका ५३ मतदान केन्द्रलाई सामान्य, १ सय ५३ मतदान केन्द्र संवेदनशील र ५२ मतदान केन्द्रलाई अति संवेदनशीलमा छुट्याएको छ। ‘जिल्लाभरमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन्’ उनले भने। जिल्ला सुरक्षा समितिको टोलीले कैलालीका ५ वटै निर्वाचन क्षेत्रको मतदान केन्द्रको सुरक्षा र अन्य तयारीको अनुगमन गरेर फर्केको उनले उल्लेख गरे।जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टका अनुसार कैलाली निर्वाचनका लागि ५ हजार ५२ कर्मचारी, २ हजार ५ सय स्वयंसेवक परिचालन छन्। जिल्लामा ६ सय २९ मतदान केन्द्र छन्। बिहीबार ५ वटै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुर्‍याइएको छ । मतदान केन्द्रमा महिला र पुरुषका छुट्टै लाइन हुनेछन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240