नमुना वडा बनाउनमा दिनरात खटिदै धनगढी १२ का वडाध्यक्ष महरा, बत्ति जडान देखि भिन्न काम गर्दै

देशमा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनापछि बनेका स्थानिय तहमा जनप्रतिनिधीले एक कार्यकाल पुरा गरी दोश्रो निर्वाचन पश्चात नयाँ जनप्रतिनिधी स्थानिय तहमा आएका छन् । बैसाख ३१ ग्तेको स्थानिय तह निर्वाचन पश्चात बिजयी भएका स्थानिय जनप्रतिनिधी माझँ जनताको बढी आश छ । ५ बर्षे कार्यकालमा राम्रा काम गर्न नसकेका जनप्रतिनिधीलाई नदोहो¥याएर अधिकाशं क्षेत्रमा नयाँ मान्छेलाई जनताले चुनेका छन् ।


यस्तै धनगढी उप महानगरपालिका वडा नम्बर १२ मा पनि नयाँ युवा जनप्रतिनिधी जनताले चुनेका थिए । नेकपा एमालेबाट धनगढी १२ को अध्यक्षमा शेर बहादूर महरा बिजयी भएका थिए । बिगतका जनप्रतिनिधीबाट आश गरे अनुसार उपलब्धी नपाएपछि वडा नम्बर १२ का जनताले दल र ब्यक्ती परिवर्तन गरे । जसरी वडा नम्बर १२ का जनताले ब्यक्ती परिवर्तन गरे सोही अनुसार जनताका मुद्धा सम्बोधनमा सो वडाको टिम छ । निर्वाचित भएपछि सपथ ग्रहण गरेसंगै वडाको टिम एक्सनमा उत्रियो । न बजेट, न श्रोत बिनापनि टिम वडाका जनताको समस्या समाधानमा केन्द्रित भयो । वडा अध्यक्ष शेर बहादूर महरा ब्यक्तीगत भन्दापनि अहिले उनि वडाकै काममा ब्यस्त रहन्छन् । उनको मनमा कसरी ५ बर्षभित्र नमुना वडा बनाउने भन्ने मात्रै योजना खेलिरहन्छ ।
यसै कारण वडामा बजेट नहुँदापनि महराले श्रृण निकालेर वडाभरीका सबै पोलमा सडक बत्ती जडान गर्न भ्याए । यति मात्रै होइन डुवान समस्या रोक्न श्रृण निकालेरै जेसिबी मार्फत उनले नाला खोलाए यस संगै सडक ग्राभेलको काम समेत उनी आएपछि तिब्र गतीमा शुरु भयो । कारण यस बर्ष वडा नम्बर १२ मा त्यती डुवान हुन पाएन । यस संगै अती समस्या भएका क्षेत्रमा ग्राभेलको कामपनि वडाले शुरु गरेको थियो । नयाँ जनप्रतिधिी आएपछि वडामा देखिन लायक काम हुन थालेपछि जनतामापनि अब बिकास हुन्छकी भन्ने आश पलाएको छ ।
वडा नम्बर १२ का हरेक चोक र घर अगाडी पोलमा बत्ति जडान गरिएको छ । करिब ६ लाख लागतमा वडाभरीका पोलमा सडक बत्ति जडान गरिएको हो । जसका कारण चोरी तस्करीमापनि नियन्त्रण आएको छ । यसका साथै अति आवश्यक काम बाहेक राती हिँडडुलमा रोक लगाइएपछि पनि शान्ती शुरक्षामा सुधार आएको छ । वडा अध्यक्ष र उनको टिमको यो काममा वडाबासीले साथ दिएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240