आफै सरसफाइको लागि रोडमा निस्किय धनगढिका मेयर गोपि हमाल

धनगढी, कैलाली

धनगढि उपमहानगरपालिकामा चलिरहेको सरसफाइमा अभियानमा उपमहानगरपालिकाका मेयर गोपाल हमाल आफै कस्सिएर लागिपरेका छन्। ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियान अन्तर्गत शनिबार मेयर हमाल वडा नम्बर ७ को सरसफाइमा जुटेका थिए।


मेयर हमालसँगै सो वडाका अध्यक्ष मोति रानासहितका स्थानीयले सरसफाइ गरेका छन्। पछिल्लो केही दिनयता धनगढीका विभिन्न ठाउँमा त्यहाँका स्थानीयले स्वस्फूर्त रुपमा उक्त अभियानलाई सघाउने अभिप्रायले सरसफाइ गर्दै आएका छन्। उपमहानगरले आगामी आर्थिक वर्ष २०७९ र ०८० लाई सरसफाइ वर्षका रुपमा मनाउने नीति लिएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240