कैलाली को भजनी नगरपालिका अन्तर्गत पर्ने सामुदायिक विद्यालयमा YARD संस्था द्वारा शैक्षिक सामाग्री वितरण
नानू काफ्ले ।
कैलाली को भजनी नगरपालिका अन्तर्गत पर्ने सामुदायिक विद्यालयमा YARD संस्था द्वारा शैक्षिक सामाग्री वितरण गरेको छ । वल्ड भीजनकाे लगानीमा YARD सँस्थाको सहकार्यमा भजनी नगर पालीका भित्र पर्ने कार्यक्षेत्र १/३/५ अन्तरगतका विद्यालयमा YARD सँस्था द्वारा ६३ मिटर कार्पेट ६० मि पिफम २४ पिस फम र ६००० पुरक पाठ्यक्रम ( कथा कितावहरु) उक्त सँस्थाको कार्यक्रममा मेनेजर महेन्द्र बहादुर शाही , बाेर्ड सदस्य सुस्मिता सेन, फील्ड अफीसर पिताम्बर पाैडेल , स्थानीय निकायका जनप्रतिनिधिहरु , विद्यालयका प्र.अ. र विद्यालय व्यवस्थापन समितिका अद्य्यक्ष हरुकाे उपस्थिति थियो ।

उपस्थिति जनप्रतिनिधिहरुले पनि आफ्नो भनाई राख्दै यस सँस्थाले आगामी दिनहरूमा पनि अझेै प्रभाकारी भुमीका खेल्न पर्ने बताउदै उक्त सँस्थाले गरेकाे सहयाेगले विधार्थी बालमैत्री बसाई व्यबस्थापन र बिद्यार्थीहरुको सिकाईमा धेरै उपलब्धि हुने बताउदै उक्त सँस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।

सँस्थाका तर्फ बाट कार्यक्रम मेनेजर महेन्द्र बहादुर साही ले आगामी दिन हरुमा विद्यालय बिद्यार्थी मेेैत्री वातावरण सिर्जना गर्न आफनाे सँस्था बाट गर्नु पर्ने सहयाेग र खेल्नु पर्ने भुमीका निर्वाह गर्न तयार रहेकाे बताउदै यस सँस्थाले वितरण गरेका सामाग्रीहरुकाे सही सदुपयाेग गरिदिन अनुरोध पनि गरेका छन । उक्त सामाग्री बाट विद्यालयमा बाल मैत्री वातावरण र सिकाईमा पनि प्रभाकारी उपलब्धि हुने विस्वास व्यक्त गरेका छन । उक्त सँस्थाका फिल्ड अफीसर पिताम्बर पाैडेल ले सामाग्री बितरण को कार्यक्रम संचालन गरि समापन समेत गरेका छन।


राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
