बझाङमा करेन्ट लागेर एक जनाको ज्यान गयो

बझाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा छविसपाथीभेरा गाँउपालिका वडा नं १ का ४० बर्षिया शिवहरी गिरी रहेका छन । मृतक गिरी सडकमा काम गर्ने लेन्थवर्कर रहेको प्रहरीले जनाएको छ । आज दिउसो साढे ४ बजे तिर सोहि वडाको मटेलामा रुखको हाँगा काट्ने क्रममा विजुलीको तारमा छुन पुग्दा करेन्ट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी जनक ढुङगानाका अनुसार रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर बेहोस भएका गिरीको उपचारको लागी जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240