२०७९ कार्तिक ३, बिहीबार ०७:१४
कैलालीमा गठबन्धनको चुनावी कार्यक्रममा सरकारी गाडीको प्रयोग
धनगढी : धनगढीमा चुनाव प्रचारप्रसारमा सरकारी गाडीको प्रयोग भएको पाएको छ ।

बुधबार धनगढी उपमहानगरपालिका १५ बेलीमा गठबन्धनको चुनावी कार्यक्रममा निर्वाचन आचारसंहिताविपरीत बा २ झ ३१२५ नम्बरको सरकारी गाडी प्रयोग भएको पाएको हो ।

निर्वाचन आचारसंहिता २०७९ अनुसार सरकारी निकायको कुनै पनि स्रोतसाधन कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
