बझाङको दुर्गाथली गाउँपालिका जिल्लामै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा


बझाङको दुर्गाथली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ । आज विहिबार एक औपचारिक कार्यक्रमका साथ गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको हो दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अथिति जिल्ला समन्वय प्रमुख नर बहादुर बोहोरा रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिमा जिल्ला स्वास्थ्य कार्यलय प्रमुख भानु जोशी, गाउँपालिका उपाध्यक्ष जनक दौल्याल लगाएत सम्पुर्ण वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मि,समाजसेवि र स्थानियहरुको उपस्थिति रहेको थियो । पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बम बहादुर भण्डारीले जानकारी दिनुभयो । स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक महिना खोपको सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रिया अनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो। गाउँपालिकामा १५ महिना मुनिका १९७ र १६ देखि ५९ महिना सम्मका ४१७ बालबालिका गरेर कुल ६ सय १४ बालबालिकाले पूर्ण मात्रामा लगाएको पालिकाले सर्वेक्षण गरेको तथ्याङ्क रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहोराले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताउनुभयो । पालिकाभित्र ३ वटा स्वास्थ्य चौकी, ४ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र ५ वटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240