बझाङ जिप दुर्घटनामा परि घाइते भएकालाई जयपृथ्वी नगरपालिकाले आर्थिक सहयोग गर्ने ।
बझाङमा जीप दुर्घटनामा परि ज्यान गुमाएका र घाइते भएकालाई जयपृथ्वी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले दुर्घटना भएको प्रति समवेदना पत्र जारी गर्दै बुधबार भएको जीप दुर्घटनामा मृतकको राहत र घाइतेहरुको उपचारको लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।
मृतकको राहत र घाइतेहरुको उपचारको लागि नगरपालिकाको तर्फबाट विपद कोषबाट खर्च गर्ने गरि तीन लाख सहयोग गर्ने घोषणा गरेको नगरप्रमुख चेतराज बजालले बताए ।
बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ०१–००१ च ११७ नम्बरको जीप दुर्घटना भएको थियो। दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। यस्तै तलकोट गाउँपालिकाले यसअघि नै २ लाख उपलब्ध गराउने जनाएको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
