संसदमा द ग्रेटर नेपालको नक्सा कायम गर भन्दै नेशनल एडभान्स कम्प्युटरकाे विराेध..
वर्तमान अवस्थामा विवादमा रहेको विषय जुन भारत सरकारले आफ्नो नयाँ संसद भवनको उद्दघाटन गर्दै जसमा नेपालकाे लुम्बिनी र कपिलवस्तु आफ्नो नक्सामा समेट्दै नयाँ नक्सा जारी गर्यो,

त्यसको विरोध गर्दै कैलाली लम्कीमा रहेको नेशनल एडभान्स कम्प्युटर इन्सिच्युटले विरोध प्रदर्शन गरेको छ।

नेशनल एडभान्स कम्प्युटरले देश बेच्ने दलालहरुलाई मृत्युदण्ड दिऔं र संसदमा नेपालको द ग्रेटर नेपालको नक्सा कायम गर भन्ने जस्ता नारा राख्दै विराेध प्रदर्शन गरेको छ।

यस नेशनल एडभान्स कम्प्युटरले हिजोका दिनमा पनि देशमा भैरहेका हरेक गतिविधी बारे सरकारलाई झकझकाउने र ध्यानाकर्षण गर्दै आइरहेको छ।

भरत रिमाल कामना टेलिभिजन तथा कामना टेलिभिजनबाट सञ्चालित अन्लाईन पत्रीकाको कैलाली लम्की, मोहन्याल, जानकी, टिकापुर, क्षेत्रको संवाददाता हुनुहुन्छ । उहाँ समाजका अन्याय, अत्याचार तथा बेथितिका विरुद्ध कलम चलाउनु हुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८४१४१२०७७
