बझाङमा जेसिबी दुर्घटना : चालक घाइते
बझाङमा जेसिबी दुर्घटना भएको छ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका वडा नं ४ ब्याँसिमा आज बिहान जेसिबी दुर्घटना भएको हो । ब्याँसिबाट काम गरेर भाँडेबजार तर्फ जादै गरेको बा ३ क २३३५ नम्बरको जेसिबी आज बिहान सडकबाट करीब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक तथा सुचना अधिकारी रमेशदत्त अवस्थिले जानकारी दिनुभयो ।
घाइते हुनेमा चालक नुवाकोट जिल्लाका २८ वर्षिय युवराज तिमिल्सैना रहेका छन् । उनको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


कल्पना उपाध्याय यस कामना टेलिभिजन तथा कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ संवाददाता हुनुहुन्छ । उहाँ पत्रकारिता क्षेत्रबाट समाजमा हुने अन्याय, अत्याचार, बेथिति तथा अन्य थुप्रै विषयमा कलम चलाउनुहुन्छ ।
